२४ बैशाख २०८१, सोमबार | May 6, 2024

एमाले विधान महाधिवेशन: १० वटा समूहलाई छलफलको समय चार घण्टा !



काठमाडौं । नेकपा एमालेको जारी प्रथम विधान महाधिवेशनमा आज शनिबार समूहगत छलफल हुँदैछ । विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रतिवेदन पेस गरेका थिए ।

ती प्रतिवेदनमाथि छलफल गर्न शुक्रबार नै १० वटा समूह बनाएको एमालेले प्रतिवेदनमाथि विमर्श गरेर पार्टी नीति तयार पार्नेछ । १० वटा समूहलाई शनिबार आठ बजेदेखि चार घण्टाभित्र समूहगत छलफल गर्न समय दिइएको छ । एमालेले ६ हजार प्रतिनिधिलाई १० समूहमा विभाजन गरेको छ । एक समूहमा औसत ६ सय जना छन् ।

तेस्रो दिन १७ असोजमा दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ । महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदशर्नमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने रहेको छ ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले विधान महाधिवेशन एमालेको पुनर्जागरण अभियान रहेको बताए । ‘आगामी चुनावमा एमालेलाई पहिलो, अब्बल मात्रै होइन कि बहुमतसहितको पार्टीका रूपमा पुनःस्थापित त गर्ने र राज्यका निकायमा संघ, प्रदेश र स्थानीय सरकारमा एमालेको पुनरागमन गर्ने आधार विधान महाधिवेशनले तय गर्नेछ । एमालेलाई सरकारमा कमब्याक गर्ने एउटा आधार तयार गर्नेछ,’ उनले भने ।

मुलुकमा संघीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न एमालेको प्रथम विधान महाधिवेशन आायोजना भएको हो । एमालेले आगामी मंसिर दोस्रो साता पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन तय गरिसकेको छ । एमालेको २०७१ असारमा नवौँ महाधिवेशन भएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ७ : ३६ बजे

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगितामा सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले