११ श्रावण २०८३, सोमबार | July 27, 2026

कांग्रेस काठमाडौंको पालिका अधिवेशन आज



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्र्तगत आजदेखि काठमाडौंमा पालिका अधिवेशन सुरु हुने भएको छ । देशकै ठूलो महानगरसहित ११ वटा पालिका रहेको कामाडौंमा दक्षिणकालीबाहेक आजबाट १० वटा पालिकाको अधिवेशन सुरु हुने भएको हो ।

दक्षिणकाली नगरपालिकामा वडा नम्बर २ को वडा अधिवेशन सम्पन्न हुन नसकेकाले पालिका अधिवेशन अनिश्चित बनेको जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिए । निर्वाचन समितिले पठाएको अन्तिम मतदाता नामावलीमा असन्तुष्टि व्यक्त गर्दै त्यहाँ वडा अधिवेशन हुन नसकेको आचार्यले बताए ।

‘दुई पटक मतदाता नामावली पठाइसकेका छौँ तर पनि सहमति गरेका छैनन्’, आचार्यले भने, ‘पछिल्लो पटक भने पुनः नामावली पठाउनु भन्नु भएको छ, हामी निर्वाचनमै व्यस्त बनेकाले भोलि सम्म पठाउछौँ ।’ ५ असोजबाट सुरु भएको काठमाडौंको वडा अधिवेशनको अन्तिम परिणाम आउन ढिलो भएकाले आजका लागि पालिका अधिवेशनको मिति तोकिएको थियो ।

देशकै ठूलो र जेठो काठमाडौं महानगरको अधिवेशन राष्ट्रिय सभागृहमा संचालन हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेसको काठमाडौं महानगर समितिले १५ वर्षपछि नेतृत्व पाउन लागेको छ । ११ औं महाधिवेशनबाट निर्वाचित महानगर सभापति देवरत्न डंगोलको कार्यकाल सकिएपछि बाह्रौं र तेह्रौं महाधिवेशनका बेला काठमाडौं महानगरको अधिवेशन भएन ।

लामो समयपछि अधिवेशन हुन लागेकोले पनि काठमाडौं महानगरको कांग्रेस नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । महानगरको सभापतिका लागि संस्थापनबाट प्रगतिमान रञ्जित र संस्थापनइतर समूहबाट नीलकाजी शाक्य चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ९ : १९ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न