२१ असार २०८३, आइतबार | July 5, 2026

एमालेको विधान महाधिवेशन: आज अध्यक्ष ओलीले जवाफ दिने



काठमाडौं । नेकपा ‘एमाले’को ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनको अन्तिम दिन आज अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन् ।

महाधिवेशनको पहिलो दिन ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

ती प्रतिवेदनमाथि छलफल र सुझाव प्रस्तुत गर्न केन्द्रीय निकाय र विभाग, सात वटा प्रदेश कमिटी, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन तथा प्रवासको समेत प्रतिनिधित्व रहेको १० वटा समूह बनाइएको थियो ।

१० मध्ये बाँकी रहेका पाँच समूहले आइतबार नै सुझाव पेस गरिसकेपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनबारे, महासचिव पोखरेलले सांगठनिक प्रतिवेदनबारे र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावबारे जवाफ दिनेछन् ।

गत शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी छन्। प्रतिवेदनमाथि प्राप्त सुझावमा दस्तावेज प्रस्तोताले सम्बोधन गरी पारित गर्ने कार्यसूची छ । महाधिवेशनले पार्टीको केन्द्रीय निर्वाचन आयोग पनि गठन गर्नेछ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ८ : २३ बजे

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा