४ भदौ २०८३, बिहिबार | August 20, 2026

प्रभु साह समुहका २५ जनाले दिए एमालेबाट सामूहिक राजीनामा



काठमाडौं । नेकपा एमालेको २ नमबर प्रदेश कमिटीका २५ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । माओवादी केन्द्र त्याग गरेर एमालेमा गएका नेता प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ८ बुँदे माग पेश गरेकोमा माग सम्बोधन नभएको भन्दै साह निकट २५ जनाले सामूहिक राजनीनामा दिएका हुन् ।

एमालेको २ नम्बर प्रदेश कमिटीका सदस्यहरु उपेन्द्र साह, मनोज कुमार यादव, कुन्दन कुशवाहा, त्रिभुवन साह, सियाराम कुशवाहा, कविता साह, रामअधार कापड़, राजकुमार यादव, शिव पुजन यादव, श्रीलाल महासेठ, सिला यादव, शिव कुमार कापड, रामसिंह यादव, ईस्लाम हवारी, रामप्रित राम, महेश यादव, किसुन मण्डल, राधाकृष्ण मैनाली, शोभित यादव, फुलझरी देवी, योगेन्द्र साह, मो। सैनुला अन्सारी, मुक्ति नारायण मिश्रा, राश नारायण राय र सन्तोष मेहताले संयुक्त राजीनामा दिएका हुन् ।

गत असोज ११ गते २ नम्बर प्रदेश कमिटीका अध्यक्ष ज्वाला साहले प्रदेश कमिटी विस्तार गर्दै २७३ सदस्यीय प्रदेश कमिटी घोषणा गरेका थिए ।

‘हामीले नेकपाकैं निरन्तरताको रुपमा बुझ्दैं आएको नेकपा ९एमाले०मा हाम्रो पक्षको आम मनोविज्ञान र अहिलेको वस्तुगत आवश्यकतालाई प्रतिनिधित्व गर्दै हाम्रो आदरणीय नेता क. प्रभु साहज्यूले राख्नुभएको ८ बुँदे मागलाई नजरअन्दाज गर्ने तर हाम्रो अनुहारको निरन्तर व्यापार गरिरहन हाम्रो सहमति बिना नै कमिटीमा केहि मान्छेको मात्र नाम राखी हामी भित्रै भ्रम र फुटको स्थिति सिर्जना गर्ने, वरिष्ठ कमरेडहरुलाई छोडेर/निषेध गरेर कनिष्ठलाई कमिटीमा राख्ने काम भयो । यो पार्टीको हित विपरित छ ।’ उनीहरुले दिएको राजीनामामा लेखेका छन् , -‘महाराजा/महारानी शैलीमा कुनैपनि बिधि, प्रक्रिया, मापदण्ड तथा विगतमा भए गरेको सबै सहमति सम्झौता विपरित महाधिवेशनको मुखमा चाकडि बजाउने ब्यक्तिहरुलाई खल्तीका मान्छेहरुलाई प्राथमिकताका साथ हुल्ने काम भयो ।’ उनीहरुले ज्वाला साहको कदमलाई नियोजित र त्रुतिपूर्ण हर्कत समेत भनेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ९ : ५४ बजे

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब