२७ माघ २०८२, मंगलबार | February 10, 2026

इभिनिङ वाकमा हिँडेकी महिलामाथि सामूहिक बलात्कार, पाँचजना पक्राउ



सुनसरी । इटहरीमा एक महिलामाथि सामूहिक जबर्जस्ती करणी भएको छ ।

इटहरी-८ भुर्कीमा १५ असोजमा साँझ ७ बजे ६ जनाको समूहले एक महिलालाई धानखेतमा लगेर जबर्जस्ती करणी गरेका हुन् ।

सामूहिक बलात्कारपछि उनीहरू दुई तोला चार आनाको सुनको सिक्री र साथमा रहेको नगद तीन हजारसमेत लुटेर फरार भएका थिए । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार इभिनिङ वाकमा घरदेखि केही पर पुगेकी ३० वर्षीय महिलालाई समूहमा रहेका पुरुषहरूले आक्रमण गरेका थिए । पीडितको अनुहार र शरीरका विभिन्न भागमा चोटपटक देखिएको प्रहरीले बताएको छ ।

पीडित महिलाको उजुरीको आधारमा प्रहरीले पिडकहरूलाई खोजतलास गरेको थियो । घटनामा संलग्न ६ मध्ये चारजना १८ वर्षमुनि रहेकाले प्रहरीले सार्वजनिक गरेको छैन । घटनामा संलग्न रहेका इटहरी-१६ बस्ने २७ वर्षीय सुनिल चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ । बाँकी एकजनाको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी केसीले जानकारी दिए ।

उनीहरूविरुद्ध सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबर्जस्ती करणीसम्बन्धी कसुरमा पाँच दिन म्याद थप लिई अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ९ : २९ बजे

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न

काठमाडौं महानगरपालिकाले कीर्तिपुर अस्पताललाई सहयोग गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई

एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन

दुर्घटना अपडेट : तामाकोशी नदीमा बस खस्दा ५ जनाको मृत्यु, ३ घाइतेको उद्धार

रामेछाप । काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको यात्रुवाहक बस

तामाकोशी नदीमा बस खस्यो, मानवीय क्षतिको आशंका

काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको