२१ मंसिर २०८२, आइतबार | December 7, 2025

तिलोत्तमा सीता भण्डारी मृत्यु प्रकरण : तिलोत्तमा नगरपालिकाले गरायो गृहमन्त्रीको ध्यानाकर्षण



तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले सीता भण्डारीको शंकास्पद मृत्यु र त्यससँग जोडिएका विषयमा गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएको छ । नगर प्रमुख बासुदेव घिमिरे नेतृत्वको टोलीले सोमबार गृह मन्त्रालयमा मन्त्री खाँणलाई भेटेर घटनाको विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

नगरपालिकाले घटनाको विश्वसनीय छानबिन गर्दै वास्तविक तथ्य छिटो सार्वजनिक गर्न र दोषी उपर हदैसम्मको कानूनी कार्वाही गर्न गृहमन्त्रीसँग माग गरेको छ । घटनाको विषयमा यसअघि नैं आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको तिलोत्तमा नगरपालिकाले सत्य तथ्य छानविन र पीडित पक्षलाई न्याय दिलाउन प्रहरी प्रशासन तथा जिल्ला प्रशासन कार्यालयलाई समेत पटक पटक गम्भीर ध्यानाकर्षण गराए पनि अझैसम्म घटनाको निष्कर्ष र वास्तविकता आउन नसक्दा पीडित झनै पीडित र आन्दोलन र विरोध दिनानुदिन बढ्दै गैरहेको गृहमन्त्री खाँणलाई जानकारी गराएको छ ।

यो घटनालाई महिला हिंसा र सामाजिक न्यायको दृष्टिकोणबाट पनि हेर्दै पीडित पक्षको न्यायको लागि नगरपालिका समन्वय र सहकार्य गर्न तयार रहेको नगरपालिकाले पुनः स्पष्ट पारेको छ ।

तिलोत्तमा-५ मणिग्राम घर तथा वडा नं. ८ चारनम्बर माइत भएकी २७ बर्षीय सीता भण्डारीको भदौ २० गते मणिग्राम घरमा शंकास्पद मृत्यु भएपछि घटनाको विषयलाई लिएर दिनहुँजसो प्रर्दशन भैरहेका छन् । विरोध प्रर्दशन तथा आन्दोलनले नगरपालिकाको सेवा प्रवाह समेत प्रभावित भएको छ ।

यसअघि नगरपालिकाले भदौ २७ गते प्रेस विज्ञप्ति र भदौ २८ गते सर्वदलीय बैठक राखेर घटनाको विषयको निष्पक्ष र विश्वसनीय छानविन गरी दोषी उपर कडा भन्दा कडा कार्वाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासनको गम्भिर ध्यानाकर्षण गराएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ७ : २५ बजे

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले

३३ वर्षिया महिला बलात्कार आरोपमा ३० वर्षिय शाही पक्राउ

कोहलपुर । बाँके प्रहरीले जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौँ । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी

अन्तिम खेलमा कर्णाली याक्सको विजय, जनकपुर बोल्ट्स ४ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग