२१ असार २०८३, आइतबार | July 5, 2026

जनयुद्धबाट सत्ता हत्याउँछु भनेर गिरिजा र देउवाकाे पछि लागेर प्रचण्डले पद हत्याए : भिम रावल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफुहरुको साथ नपाएर रोइलो गर्दै हिँडेको आरोप लगाएका छन् ।

प्रचण्डले एउटा कार्यक्रममा माधव नेपालको साथ छाडेर एमालेमै बसेका दोस्रो पुस्ताका नेताहरुलाई लक्षित गर्दै बेइमानी गरेको र एमालेमा आत्मसमर्पण गरेको बताएपछि त्यसको जवाफमा उपाध्यक्ष रावलले प्रचण्डले रोइलो गर्दै हिँडेको बताएका हुन् ।

सार्वजनिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उपाध्यक्ष रावलले एमाले फुटाउन ‘१० भाइ’ नलागेकाले प्रचण्डजीले रोइलो गर्दै ‘झुक्याएर आत्मसमर्पण गरे’भन्ने हास्यास्पद तर्क गरेको उल्लेख गरेका छन् । ‘एमाले फुटाउन ‘१० भाइ’ नलागेकाले प्रचण्डजीले रोइलो गर्दै ‘झुक्याएर आत्मसमर्पण गरे’भन्ने हास्यास्पद तर्क गर्नु भएको रहेछ।’ रावलले लेखेका छन् ।

नेता रावलले प्रचण्डलाई जनयुद्धबाट सत्ता हत्याउँछु भनेर जनयुद्ध शुरु गरेकाे तर गिरिजा देखि देउवा सम्म पछि लागेर पद हत्याएको आरोप पनि लगाएका छन् । ‘एमालेका नेताहरू सोही पार्टीमा रहँदा ‘आत्मसमर्पण’ हुने तर ‘जनयुद्ध’बाट सत्ता हत्याउछु भन्नेले गिरिजादेखि देउवासम्म काँग्रेसको पछि लागि पद हत्याउदा आत्मसम्मान हुने ?’ रावलले ट्वीटर मार्फत प्रश्न गरेका छन् ।

प्रचण्डले आफु निकट बुद्धिजिवीहरुकाे कार्यक्रममा माधव नेपालको साथ छाडेका १० नेताहरुले आफुलाई झुक्याएको बताएका थीए । उनले एमालेका दोस्रो तहका नेताहरुलाई फकाउन आफूहरुले ठूलो मिहिनेत गरेको भएपनि तिनीहरुको विचार र सिद्धान्त त्यही सूर्य चिन्हको लोगोमा रहेकाले आत्मसमर्पण गरेर टुंङ्गिएको समेत आराेप लगाएका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ८ : ०० बजे

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा