बैतडी । बैतडीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । बैतडीको डिलाशैनीमा सोमबार चट्याङ लागेर एक जनाको मृत्यु भएको हो ।
सोमबार साँझ खसेको चट्याङ लागेर डिलाशैनी गाउँपालिका–५ खालीबाटाका महेश लुहारको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चट्याङबाट मृतकका दाजु अम्बे लुहार, भिनाजु हरिचन्द्र कोली र दार्चुलाका दिपक महर घाइते भएका छन् ।
७० हजार मुल्इको भैंसी किनेर घर फर्कने क्रममा बाटैमा चट्याङ खसेको थियो । चट्याङ लागेर किनेको भैंसी मरेको छ ।
प्रतिक्रिया