२४ बैशाख २०८१, सोमबार | May 6, 2024

श्री एयरलाइन्सको जहाज घाँसमा चिप्लियो



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । जहाज दुर्घटना हुनबाट जोगिएको छ ।

मंगलबार बिहान नेपालगञ्ज गन्तव्यका लागि उडान भर्ने तयारीमा रहेको सो एयरलाइन्सको जहाज ‘डोमेष्ट्रिक पार्किङ्’बाट रनवेतर्फ निकाल्ने क्रममा जहाज चिप्लिएको हो ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार जहाज पार्किङबाट निकाल्ने क्रममा टर्निङको क्रममा जहाजको ब्यालेन्स नमिल्दा तीन मिटरजति जहाज डिस्ब्यालेन्स भएको छ । ‘जहाज धस्सिएको हैन पाकिङबाट निकाल्ने क्रममा डिसब्यालेनस भएर तीन फिट पर सरेको छ, टर्निङको क्रममा जहाजको देब्रेपट्टिको चक्का चिप्लिएको हो । अहिले जहाज निकाल्ने काम भइरहेको छ’, उनले भने ।

जहाज उडानका लागि कुनै समस्या नरहएको पनि प्रवक्ता शेर्पाले जानकारी दिए । उनले भने, ‘झण्डै ४५ मिनेटदेखि जहाजलाई धावनमार्गतिर निकाल्ने प्रयास भइरहेको छ । उडान अवतरणमा कुनै समस्या हुदैन ।’

विमानस्थलको आन्तरिक उडानतर्फ पार्किङमा जहाज चिप्लिएकाले विमानस्थलबाट हुने सम्पूर्ण उडान सञ्चालनमा कुनै अवरोध नभएको पनि विमानस्थलले जनाएको छ ।

 

 

 

 

 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ११ : ०१ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,