१६ बैशाख २०८१, आइतबार | April 28, 2024

राष्ट्रिय वाणिज्य बैंकद्वारा थप सात शाखा विस्तार, शाखा कार्यालयको संख्या २५४ पुग्यो



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ ।

बाग्मती प्रदेशअन्तर्गत काठामाडौंको चन्द्रागिरीस्थित बलम्बु, कागेश्वरी मनोहरास्थित थली, ललितपुरको गोदावरीस्थित ठैव, भक्तपुरको कमलविनायक, चितवनको माडी, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीमा बैंकले शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको हो ।
यसैगरी बैंकले लुम्बिनी प्रदेशमा प्युठानको सदरमुकाम मल्लरानीमा पनि शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५४ पुगेको छ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरुको वित्तीय पहुंचमा थप सघाउ पुगि आधुनिक बैंकिङ्ग सेवा पाउने विश्वास व्यक्त गरे ।

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५४ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ११ : ४३ बजे

सुरु भयो तेस्रो लगानी सम्मेलन

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते

नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना

जापानी परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने घोषणा

काठमाडौं । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना

भरतपुरमा सहिद लखन थापाको सालिक निर्माण

चितवन । नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा