६ श्रावण २०८३, बुधबार | July 23, 2026

राष्ट्रिय वाणिज्य बैंकद्वारा थप सात शाखा विस्तार, शाखा कार्यालयको संख्या २५४ पुग्यो



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ ।

बाग्मती प्रदेशअन्तर्गत काठामाडौंको चन्द्रागिरीस्थित बलम्बु, कागेश्वरी मनोहरास्थित थली, ललितपुरको गोदावरीस्थित ठैव, भक्तपुरको कमलविनायक, चितवनको माडी, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीमा बैंकले शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको हो ।
यसैगरी बैंकले लुम्बिनी प्रदेशमा प्युठानको सदरमुकाम मल्लरानीमा पनि शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५४ पुगेको छ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरुको वित्तीय पहुंचमा थप सघाउ पुगि आधुनिक बैंकिङ्ग सेवा पाउने विश्वास व्यक्त गरे ।

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५४ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ११ : ४३ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क