२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

मन्त्रालय बाँडफाँटबारे सत्तारुढ गठबन्धनबीच सहमति, कांग्रेसलाई ७, तीन दललाई ५/५ मन्त्रालय



काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरु मन्त्रालय बाँडफाँटमा सहमतिमा पुगेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज भएको छलफलमा मन्त्रालय बाँटफाँटमा सहमति भएको हो ।
सहमतिअनुसार कांग्रेसले सात मन्त्रालय पाउने भएको छ । कांग्रेसले हाल पाइरहेको मन्त्रालयबाहेक संचार, स्वास्थ्य तथा जनसंख्या र महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने भएको छ। यसअघि कांग्रेसको भागमा प्रधानमन्त्रीबाहेक गृह, परराष्ट्र र कानून मन्त्रालय परेको थियो ।

यसैगरी नेकपा माओवादी केन्द्रले अर्थ र उर्जा बाहेक भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपालनी, कृषि तथा पशुपंशी मन्त्रालय लिने भएको छ ।

एकीकृत समाजवादीको भागमा रक्षासहित, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति र युवा तथा खेलकुद मन्त्रालय परेको छ । यस्तै, जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने सहमति बनेको छ ।

गठबन्धनका शीर्ष नेताहरुबीच बुधबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ । चार शीर्ष नेताहरुबीच मंगलबा बिहान ११ बजेदेखि एक घण्टा छलफल भएको थियो ।

गत असार २९ गते प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् । सरकार बनेको तीन महिना हुने बेलासम्म पनि मन्त्रिपरिषद् विस्तार नहुँदा चारैतिर आलोचना बढिरहेको छ ।

 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  २ : २३ बजे

लोकतन्त्रको विकासमा जगतको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती-१७ का मीनबहादुर महतोले धान

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा