११ श्रावण २०८३, सोमबार | July 27, 2026

साढे ३३ किलो सुन प्रकरण : मुख्यअभियुक्त गोरेसहित ८ जना दोषी ठहर, सबै प्रहरीलाई सफाइ



काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा गोरे भनिने चुडामणि उप्रेतीसहित आठ जनालाई सजायँ भएको छ ।

जिल्ला अदालत मोरङले मंगलबार गोरेसहित आठ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजायँ सुनाएको हो । अदालतले ४८ जनालाई सफाइ दिएको छ। आरोपित सबै प्रहरीले सफाइ पाएका छन् ।

भरिया सनम शाक्यको हत्यामा संलग्न गोरेका समुहका ८ जना दोषी ठहर भएका हुन् । जन्मकैदको सजाय पाउनेमा गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी रहेको अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिएका छन्। यस्तै, भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदन घिमिरेलाई छ महिना कैद सजायको फैसला भएको छ । २१ जना फरार प्रतिवादीको मुद्दा मुल्तबीमा राखिएको छ ।

मुद्दाका आरोपित सबै प्रहरीले सफाई पाएका छन् । नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डिएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायतले सफाइ पाएका हुन् ।

२०७४ माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै साढे ३३ किलो तस्करीको सुन नेपाल भित्र्याइएको थियो । तर सो सुन सम्बन्धित व्यक्तिकोमा नपुगी बीचैमा गायब गरिएको थियो । पछि, मोरङ उर्लाबारीका सनम शाक्यको हत्यापछि सुन हराएको पुष्टि भएको थियो । शाक्य सुनका भरिया थिए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ४ : ०९ बजे

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज