१९ माघ २०८२, सोमबार | February 2, 2026

लुम्बिनी प्रदेश सरकारले ल्यायो नयाँ बजेट (पूर्णपाठ सहित) 



बुटवल । शंकर पोखरेल नेतृत्वको सरकारलाई हटाएर बनेको कुल प्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ । पूर्ववर्ती सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै वर्तमान सरकारले समान अंकको बजेट ल्याएको हो ।
आज बसेको प्रदेशसभाको बैठकमा सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत् नयाँ बजेट प्रस्तुत गरेका हुन् ।
नयाँ बजेटमा कूल बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूजीगत खर्चतर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ रहेको छ । प्रतिशतका आधारमा कुल बजेटको ३३.३१ प्रतिशत चालु खर्चतर्फ र ५४.८७ प्रतिशत पूजीगत खर्चतर्फ बिनियोजन गरिएको छ । त्यसबाहेक ११.८२ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ ।
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम खारेज
शंकर पोखरेल नेतृत्वले ल्याएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम खारेज गरेर मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम प्रस्ताव गरिएको छ । पूर्ववर्ती सरकारको कार्यक्रम प्रभावकारी नभएकाले खारेज गरिएको मन्त्री खड्काले बताए ।
एमालेको बहिस्कार
आफ्नो नेतृत्वको सरकार सत्ताबाट बाहिरिएसँगै लगातार संसद अवरुद्ध गर्दै आएको प्रतिपक्ष एमालेले आजको बजेट प्रस्तुतिलाई अवरोध नगरेर बहिस्कार मात्र गरेको छ । वर्तमान सरकार गठन भएदेखि नै अवरोध गर्दै आएको एमालेले आज भने संसदको बैठक बहिस्कार मात्र गरेको छ । आज १ बजे बसेको संसदको पहिलो बैठकमा भने एमाले सांसदहरुले नाराबाजी गरेको थिए ।
पार्टीले कारबाही गरेका सांसदद्वय बिमला वली र अजय शाहीलाई सभामुखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान एमालेले लिएको छ ।
पूर्णपाठ सहित
[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/10/अर्थसम्बन्धी-विधेयकका-सम्बन्धमा-अर्थमन्त्रीको-मन्तव्य-1.pdf”]

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ५ : ३१ बजे

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा

जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार’

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको