२२ बैशाख २०८१, शनिबार | May 4, 2024

जैविक कृषि उपज संकलन केन्द्र स्थापना



बुटवल । बुटवल जैविक तरकारी उत्पादन कृषक समूहद्वारा प्रबद्धित जैबिक कृषि उपज संकलन केन्द्र स्थापना भएको छ ।

बुटवल १५ मा रहेको उक्त केन्द्रको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका छन । उत्पादक पनि कृषक र सन्चालक पनि कृषक नै रहने गरि यो केन्द्र स्थापना गरिएको हो ।

प्रदेश, स्थानीय सरकार, कृषकको लागत सहभागिता हुने गरि कार्यक्रम अगाडि बढाइएको हो । हालसम्म करिव १७ लाख लगानी भएको छ ।

यहाँ सफटवेयरबाट कार्यक्रम सन्चालन हुने छ । कृषि उपज केन्द्रमा सामान लगेर दिएपछि कृषकको मोवाइलमा म्यासेज जाने र रकम बैंक खातामा जम्मा हुनेछ । यसको सदस्यता लिन बुटवल क्षेत्र भित्रका न्युनतम ३०० केजि तरकारि बर्षमा दिनु पर्ने व्यक्तिगतको हकमा समुहको हकमा भने दश हजार किलो दिने मात्रै सेयर लिन सक्ने प्रावधान छ ।

सामान्यतया स्थानिय स्तरमा उत्पादित तरकारी मसला र फलफुल वालिहरु स्थानिय स्तरमा सन्कलन गरि उचित वजार व्यवस्थापन गरि साना कृषकलाई प्रत्यक्ष राहत दिने गरि यो अगाडि बढाइने केन्द्रका अध्यक्ष रामनाथ मालीले बताए । उत्पादनमा आधारित अनुदान, ढुवानि अनुदान जस्ता अनुदानका र प्रोत्साहन अनुदान कार्यक्रमले किसानलाई प्रोत्साहन मिलेको अध्यक्ष मालीको भनाइ छ ।

वालिपात्रो अनुसार तरकारि लगाउने, बालि उत्पादनको आगृम सम्झौता गर्ने, माटो उपचार बीउ राग किरा व्यवस्थापन बिरुवा उत्पादन जस्ता कार्य समेत गर्ने छ । हरेक दिन विहान ७-९ र वेल्का ३-५ वजे सम्म हाल तरकारि सन्कलन हुने कुरा अध्यक्ष रामनाथ मालिले जानकारी दिए ।

 

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ८ : ०३ बजे

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ