१९ आश्विन २०८३, सोमबार | October 5, 2026

ईपीएलको उपाधिका लागि चितवन र पोखरा भिड्दै



काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधिका लागि आज शनिबार चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजे हुने फाइनल खेलले विजेता पाउने पक्का छ ।

शनिबार दुवै टोली ईपीएलमा पहिलो पटक उपाधि हात पार्ने दाउमा हुनेछन् । विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा र सोमपाल कामीको कप्तानीमा रहेको चितवन पहिलो पटक फाइनलमा पुगेका हुन् ।

यसअघि इपिएलको पहिलो संस्करणको पन्चकन्या तेजले (सन् २०१६), दोस्रो संस्करण सन् २०१७ विराटनगर वारियर्स र तेस्रो संस्करण सन् २०१८ ललितपुर प्याट्रियटर्सले जितेको थियो ।

यसअघि चितवन लिगमा ५ खेलमा जित र १ हार सहित शीर्ष स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । पहिलो क्वालिफायर चितवनले पोखरालाई ९ विकेटले पराजित गरेको थियो । लिगमा पनि चितवनले पोखरालाई ९ विकेटलेनै पराजित गरेको थियो ।

पोखरा ५ खेलमा ३ जित र १ मा हार र एक खेलमा अंक बाँडदै ७ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । पोखराले भैरहवा ग्ल्याडियटर्सलाई क्वालिफायरमा ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

यसअघि बिहीबार भएको प्रि म्याच फाइनल पत्रकार सम्मेलनमा दुबै टोलीका कप्तानले उपाधि आफ्नो टोलीले जित्ने दाबी गरेका थिए ।

ईपीएलको विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ६ : ५५ बजे

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी । जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने

कांग्रेस महाधिवेशन : बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबार उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

बुटवलमा कम मूल्यमा घरजग्गा लिलामी गरेको भन्दै लुम्बिनी विकास बैंकविरुद्ध धर्ना

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-९ मिलनचोकस्थित तीनतले घरसहितको जग्गा