२७ मंसिर २०८२, शनिबार | December 13, 2025

मुस्ताङमा स्याउ टिप्ने चटारो



जोमसोम । मुस्ताङका स्याउ बल्ल बजारमा जान थालेका छन् । स्याउ जोन मुस्ताङले जिल्लामा उत्पादित स्याउ असोज १ गतेबाट मात्र टिप्न पाइने नियम बनाएपछि अहिले मुस्ताङमा धमाधम स्याउ टिप्ने चटारो चलेको हो ।

मुस्ताङका अधिकांश बगैंचाका स्याउ किसानले ठेक्कामार्फत व्यापारीलाई बिक्री गर्छन् । व्यापारीले संकलन गरेका स्याउ पोखरा, काठमाडौं लगायतका स्थानमा बिक्री गर्ने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।

कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार असोज महिना लागेपछि मुस्ताङका बगैंचामा यतिखेर धमाधम स्याउ टिप्ने र बजार ढुवानी गर्ने कार्य भइरहेको छ ।

कार्यालय प्रमुख बस्ताकोटीले गत वर्षको तुलनामा मुस्ताङमा ५ हजार १०० मेट्रिकटन स्याउ फलेको छ । समुद्री सतहदेखि २ हजार ५०० मिटरदेखि ३ हजार ८०० मिटर अग्लो उचाइको चिसो हावापानीमा उत्पादन गरिएको मुस्ताङको स्याउको माग शहरमा बढ्दो रहेको व्यापारीको भनाइ छ ।

विगतमा व्यापारीले स्याउको गुणस्तर वृद्धि नहुँदै तीज पर्वको मेलो छोपेर बजार पुर्‍याउने गर्थे । बोटमा नपाक्दै बजारमा बेच्न थालेपछि उपभोक्ताले स्याउको गुणस्तरमाथि प्रश्न उठाउने गरेका थिए ।

दशैं पर्वअगावै मुस्ताङको ७५ प्रतिशत स्याउ बिक्री हुने जनाइएको छ । मुस्ताङमा उत्पादित स्याउमध्ये १५ प्रतिशत स्याउ जिल्लाभित्रै खपत हुनेछ । १० प्रतिशत स्याउ स्याउ प्रशोधन गरी ब्रान्डी, वाइन, जुस र ड्राई स्याउको परिकार बनाइन्छ । केही स्थानीय तहमा यो वर्षदेखि कोल्ड स्टोरसमेत निर्माण भइसकेकाले बेमौसममा समेत पर्यटकले मुस्ताङको ताजा स्याउ चाख्न पाउनेछन् ।

स्याउ विकसित भएपछि स्याउको गुणस्तर वृद्धि हुनुका साथै स्याउको स्वादमा रसिलो र स्वादिष्ट हुने भएकाले पछिल्लो समय मुस्ताङका किसान तथा व्यापारीलाई असोजअगावै स्याउ टिप्न प्रतिबन्ध गरिएको थियो ।

मुस्ताङमा स्याउ टिप्ने मिति शुरू भएसँगै असोज १ गतेदेखि मुस्ताङको टुकुचे, सौरु, कोवाङ, मार्फा, चिवाङ, छैरो, स्याङ, जोमसोम, ठिनी, ढुम्बा, कागबेनी तिरी फल्याक, झोङ, मुक्तिनाथ, ताङ्वे, छुसाङ र चैलेलगायतका स्थानमा किसानले उत्पादन गरेको स्याउ बगैंचाबाट धमाधम टिप्ने र बजार पुर्‍याउने कार्य भइरहेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा सुन्दरकुमार थकालीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : ०१ बजे

१०८ महाधिवेशन प्रतिनिधिको सूचीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको असहमति

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकलौटी माहाधिवेशन प्रतिनिधि मनोनित

रिमोट थिचेर झण्डा फहराउँदै अध्यक्ष ओलीले गरे एमालेको महाधिवेशन उद्घाटन

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन

‘अन्तरराष्ट्रिय लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र

पुस्तक चर्चा : चीन बुझाउने कृति ‘चिनियाँ दृष्टिकोण’

काठमाडौँ । विश्व प्रणालीमा केही वर्षदेखि चीन एक उदीयमान शक्ति

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर । सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु