२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

प्रेम बहादुर घर्तिको अध्यक्षतामा उद्योग व्यापार संगठन तिलोत्तमाको नया नेतृत्व चयन



बुटवल । उद्योग व्यापार संगठन तिलोत्तमाको सातौ साधारण सभा तथा चौथो अधिवेसनबाट प्रेम बहादुर घर्तिमगरको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ ।

संगठनको शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्ष दिनेश खनाल, उपाध्यक्ष शोभा पराजुली, भुपित न्यौपाने, महासचिव हेमलाल न्यौपाने, सचिव युवराज पराजुली, सहसचिव सुर्य चापागाई, कोषाध्यक्ष सन्जु थापा, सहकोषाध्यक्ष मित्र न्यौपानेसहित १८ जना सदस्य तथा आठ सदस्यीय सल्लाहकार समिति सर्वसम्मत चयन भएको हो ।

एक समारोहका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले उद्घाटन गर्दै देशको आर्थिक विकासको मेरुदण्डको रुपमा उद्योग व्यापार रहेको बताए । कोभिड १९ का कारण देश नै आक्रान्तले ठूलो समस्यामा परेको भन्दै उनले विस्तारै न्युनिकरणको क्रममा रहेको बताए । अझै पनि हामी डर र त्रासमा छौ उनले भने । मुलुक नै आक्रान्त हुदा यसबाट सबै पक्ष प्रत्यक्ष अप्रत्यक्ष प्रभावित भएको भन्दै अब विस्तारै गति लिने बताए ।

संगठनका तिलोत्तमा अध्यक्ष सत्यवर्त ज्ञवालीले राष्ट्रिय अर्थतन्त्रमा ब्यापार संगठनको भुमिका महत्वपुर्ण रहेपनि सरकारबाट आवश्यक नीति अभावका कारण समस्या झेल्नुपरेको बताए । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित काम अघि बढाएको उनले बताए । कोभिड १९ को संक्रमण तथा निशेषाज्ञाको बेला व्यापार, पर्यटन क्षेत्र धराशाही हुन पुगेको भन्दै सरकारबाट विशेष योजना ल्याउन उनले सुझाव दिए । कोभिड विरुद्धको खोप लगाउन सरकारको पहल महत्वपुर्ण रहेको स्मरण गर्दै उनले आगामी दिनहरुमा पनि विशेष सहयोगको अपेक्षा राखेका थिए ।
कार्यक्रममा संगठनलाई वर्षभरि सहयोग गर्ने ब्यक्ति, संगठनहरुलाई समेत सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।
लुम्बिनी प्रदेशका अध्यक्ष मनिष कुमार जोशी, महासचिव खिमनारायण पराजुली, नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक नारायण जिसि, उद्योग व्यापार संघ बुटवलका अध्यक्ष गोबिन्द राज गैरे, सैनामैनाका अध्यक्ष राजेन्द्र घिमिरे, संगठन तिलोत्तमाका उपाध्यक्ष प्रेम घर्तिमगर, सचिव हेमलाल न्यौपानेले उद्योगी तथा ब्यवसायीहरुलाई एकतावद्घ गर्दै हकहितमा अग्रसर हुदा सहकार्य अघि बढेको बताए। संगठनमा १ हजार सदस्यहरु आवद्ध छन ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ३ : ११ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज