२७ माघ २०८२, मंगलबार | February 10, 2026

आज कालरात्री देवीको उपासना गरिँदै



काठमाडौं । आज बडादशैंको छैटौं तर तिथिअनुसार सातौं दिन हो । भगवती दुर्गाको सातौं स्वरुप कालरात्रीको आज पूजाआराधना गरिन्छ । कालरात्रीलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ ।

पौराणीक कथाअनुसार असुरको राजा रक्तबिजको संहार गर्न भगवती दुर्गाले कालरात्री अवतार धारण गरेकी थिइन् । सप्तमीको विहानै आफ्नो नित्य कर्मपछि अरु देवीको जसरी नै पूजाआराधना गरिन्छ ।

करालवंदना धोरां मुक्तकेशी चतुर्भुजाम् ।
कालरात्री करालिंका दिव्यां विद्युतमाला विभूषिताम् ।।

शास्त्रानुसार कालरात्रीको स्वरुप कालो र भयभीत गर्नेवाला रहेको छ । कपाललाई फिँजाइएको छ भने उनको चार हात रहेका छन् । विद्युत्को माला लागाएकी यस्ती कालरात्रीको काल पनि डराउने स्वरुप रहेको छ ।

चार हातमध्ये एक हातमा तरवार एकमा काटिएको शीर र अर्को हालमा काटिएको शीरबाट चुहिएको रगत थाप्न कचौरा लिएको यस्तो स्वरुप देवी कालरात्रीको रहेको छ । देवीको जति डरलाग्दो स्वरुप छ त्यति नै शुभ फल पनि दिने भएकाले कालरात्रीलाई शुभांकरी पनि भनिन्छ ।

कालरात्रीको उपासनाले मनभित्र र बाहिरका हरेक डर त्रासहरू समाप्त हुने विश्वास गरिन्छ । ज्योतिष शास्त्रमा शनिको प्रकोप हटाउन पनि कालीको उपसना गर्ने विधि रहेको छ ।

नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईँचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ७ : ०८ बजे

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

कांग्रेसले सबैलाई समेटेर देश सम्हाल्छ : गगन थापा

सिरहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र

जेनजी पुस्ताको मर्मअनुरूप संविधान संशोधन गर्ने नेकपाको प्रतिबद्धता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले नवयुवा  (जेनजी)पुस्ताको मर्म अनुरुप आफ्नो

आगामी दशकलाई कृषि लगानी दशक : एक वर्षभित्र किसानलाई परिचयपत्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी दशकलाई ‘कृषि लगानी दशक’