२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

भैरहवामा जगदगुरुको चौथो पिठ स्थापना हुने



बुटवल । रुपन्देहीको भैरहवामा नेपालका प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको चौथो पिठ स्थापना हुने भएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका वार्ड नम्बर ४ को दुर्गा मन्दिर रहेको ठुलो बालापुरमा जगतपुरुको चौठो पिठ स्थापना हुने भएको हो ।

पिठ स्थापना भएपछि नेपालका विभिन्न धार्मिक स्थलहरुको दर्शन गर्न आउने भारतिय भक्तजनहरुलाई समेत सहयोग पुग्ने स्थानियहरुले बताएका छन् । वैदिक सनातन धर्म रक्षाको निम्ति जगदगुरुको चाहाना अनुसार नेपालको चारकुना उत्तर, दक्षिण, पुर्व र पश्चिममा ४ पिठ स्थापना हुनेछन् । जस मध्य पुर्वमा जगदगुरुको मुल गद्दी रहेको चताराधाम पिठ स्थापना भैसकेको छ । पश्चिममा महाकाली शारदा पिठ भाक्केनी धाम, उत्तरमा मुक्तिक्षेत्र शालीग्राम शर्बेश्वर पिठ पुरा हुने अवस्थामा रहेको पिठ सञ्चालकहरुले जनाएका छन् । दक्षिणमा भैरहवाको ओमसतियामा चौथो पिठ स्थापना हुने जगदगुरुको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार पीठहरुको माध्यमबाट सनातन धर्मको रक्षाका लागि विभिन्न अभियान सञ्चालन हुने छन् । नेपालमा पहिलो पटक भारतीय गुरुहरुको समेत सहभागितामा कुम्भ मेला आयोजना गरेका जगदगुरुले भैरहवामा स्थापना गर्न लागेको पिठले पश्चिम नेपाल र लुम्बिनी प्रदेशलाई धार्मिकरुपमा स्वर्गतुल्य बनाउने स्थानिय समाजसेवी बिष्णु बहादुर रायमाझीले बताए । विलक्षण स्वभावका तपस्वी, यशस्वी जगदगुरुको भैरहवा स्थापना हुनलागेको पिठलाई स्थानिय रुपमा समेत सहयोग गरिने समावसेवी रायमाझीले जानकारी दिए ।

भैरहवा स्थापना हुने पीठको अभियान यहि माघ १ गते देखि शुरु हुने तयारी गरिएको छ। भैरहवा पीठ स्थापनाका लागि शुरुमा जगदगुरुको उपस्थितमा महायक्ष गरिने स्थानिय लक्ष्मण पन्थीले बताए । उनले माघ देखि फागुन सम्म पिठ निर्माणका लागि विभिन्न धार्मिक कार्यहरु गरिने जानकारी दिए । फागुन पछि जगदगुरुको चाहाना र योजना पिठको नामाकरण र डिजाइन तयार गरिने पन्थीले बताए ।

जगदगुरुले नेपालमा बराहक्षेत्र भित्र पर्ने चतारधाममा प्राचीन हरिद्धार रहेको पुष्टी गर्नुका साथै पिण्डेश्वर कुम्भमेलाको सञ्चालन, देशका चार कुनामा जगदगुरु चार पिठ स्थापना अभियान र जगदगुरुकुलम सञ्चालन गरेको स्थानिय कल्पना रायमाझीले जानकारी दिइन । नेपाल आमाको अष्टधानुको ७५ फिट अग्लो मूर्ति निर्माण, मेची–महाकाली पैदल यात्रा र शंखमूलमा सबैभन्दा ठुलो शंख निर्माण जगदगुरुको अभियानमा भएका धार्मिक कार्यहरु हुन । यो अभियान अझ फराकिलो भएर अगाडी बढ्ने जगदगुरुको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ९ : ११ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज