११ श्रावण २०८३, सोमबार | July 27, 2026

तराईमा सबैको साझा बन्दै दशैँ



महोत्तरी । महोत्तरी पशुपतिनगरका धनीराम महतो दशैँलाई पनि छठ जस्तै रमाइलो गरी मनाउँछन् । पहिले-पहिले छठलाई विशेष पर्वका रुपमा मनाउने उनी आजकाल दशैँका लागि पनि विशेष योजना बनाउँछन् ।

आफू भन्दा ठुलाबाट दशैँमा टीका थापेर आशिष लिने रिवाज महतोलाई विशेष लाग्ने गर्छ । महतो जस्तै बर्दिबास पथलैयाका रामसेवकले पनि दशैँ फरक तरिकाले मनाउने तयारी गरेका छन् । दशैँ मनाउनेगरी उनको परिवारका सबै सदस्य घरमा भेला पनि भइसकेका छन् । सबैजना एकै ठाउँमा भेला हुने भएकाले उनले यो पर्व विशेष लाग्ने गर्छ ।

पहाडे तथा तराइबासीको सँस्कृतिहरूको अन्तरघुलनले अहिले हरेक चाडपर्व सबैको साझा बन्न थालेको उनको अनुभव छ । अघिल्लो वर्षको दशैँ कोरोना माहामारीका कारण निकै खल्लो बन्यो । मन्दिर तथा शक्तिपीठहरूमा पूजाआजा बन्द भएको र छरछिमेक, नातेदारहरूको घरमा समेत टीका थाप्न जान नपाएका कारण देशभर नै यसवर्षको दशैँ विशेष बनेको छ ।

मुस्लिम समुदायमा पनि दशैँ रौनक

मुस्लिम समुदायमा पनि दशैँको रौनक छ । मुस्लिमहरूको बाहुल्यता रहेको महोत्तरीस्थित सम्सी गाउँपालिकामा छिमेकका हिन्दुहरूले मनाउने पर्वमा आफुहरू पनि सहभागी बन्ने गरेको मोहम्मद फरान बताउँछन् । ‘हामी निराहार बसेर पर्व मनाउछौं तर दशैँमा मीठो-मीठो खाएर मनाइन्छ । यसैमा त छ मज्जा ।’ उनी भन्छन् ।

तराईमा छठ पर्वको अली बढी नै महत्व हुने भए पनि पशुपतीनगर, किसाननगर, पथलैयाका बासिन्दा दशैँ पनि छठ जत्तिकै धुमधामका साथ मनाउँछन् । उनीहरुले यस वर्ष घटस्थापनाका दिन दुर्गा मन्दिरमा कलश यात्रा समेत गरेका छन् ।

पहिला र अहिलेको तुलनामा तराइमा पर्व मनाउने तरिका फरक बन्दै गएको धेरैको बुझाइ छ । पहिले तराईमा दशैँको महत्व खासै नहुने भए पनि अहिले छठभन्दा पनि दसैंको महत्व बढी हुने गरेको धेरैको बुझाइ छ ।

दशैँलाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूले समेत जिल्लामा सुरक्षित वातावरण सुनिश्चित गर्न योजना बनाएका छन् । दशैँ अवधीभर कुनै अप्रिय घटना रोक्न हरेक पालिकामा हेल्पडेस्क र सुरक्षाकर्मीहरुलाई थप संवेदनशील बन्न निर्देशन दिएको महोत्तरीका प्रवक्ता दिनेश आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ७ : २० बजे

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज भगवान् शिवको आराधना

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम