२९ मंसिर २०८२, सोमबार | December 15, 2025

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी र प्रदेश सरकारका प्रवक्ता खड्काले लगाएनन् दसैंको टिका



बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसी सोनामले दसैंको टिका लगाएनन् । दसैंको अवसरमा पर्व मान्ने सवैलाई शुभकामना प्रदान गरेपनि दसैंको टिका भने उनी आफै पनि लगाएनन् र अरुलाई पनि लगाईदिएनन् । मुख्यमन्त्री निवास बुटवलमै मुख्यमन्त्री केसीको दिन वितेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

खबरकुरासँग कुरा गर्दै मुख्यमन्त्री केसीले सबै धर्म, परम्परा र संस्कृति प्रति सम्मान रहँदा रहँदै पनि दसैंमा टिका नलाएको बताए । चितवनमा रहेका आफन्तको मृत्यु भएको १३ दिन नपुगेको र दसैं पर्व जनयुद्ध देखि नै नमाउने गरेका कारण पनि टिका नलगाइएको उनले बताए । ‘युद्ध चलिरहेका बेला कसरी दसै मनाउनु, मनाइएन,’ उनले भने, -‘त्यसपछिका दसैंमा पनि साथीभाई र पार्टि कार्यकर्ताहरुबीच शुभकामना आदान प्रदान भएपनि टिका लगाउने लाउने काम गरिएन ।’

मुख्यमन्त्री कार्यालयमा आएका साथीभाईसँग भेटघाट र कुराकानी गरेरै यसवर्षको दसैंलाई बिदा गरिएको मुख्यमन्त्री केसीले बताए ।

उता प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले पनि यस वर्ष दसैंको टिका लगाएनन् । उनले आफ्नै सासुआमाको निधन भएको वर्ष दिन नपुगेको र घर भित्रकै काका नाता पर्ने नातेदारको मृत्यु भएको १३ दिन पनि नपुगेका कारण टिका लगाउने काम नभएको खबरकुरालाई बताए । दसैंको अवसरमा गृह जिल्ला प्युठान पुगेर मतदाताहरुसँग भेटघाट सकेर उनी आजै दाङ झरेका छन् । टिका नभएपनि बुवाको आशिर्वाद थाप्न आज दाङ पुगेको सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला मन्त्री खड्काले बताए ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ७ : ४८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले