२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी र प्रदेश सरकारका प्रवक्ता खड्काले लगाएनन् दसैंको टिका



बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसी सोनामले दसैंको टिका लगाएनन् । दसैंको अवसरमा पर्व मान्ने सवैलाई शुभकामना प्रदान गरेपनि दसैंको टिका भने उनी आफै पनि लगाएनन् र अरुलाई पनि लगाईदिएनन् । मुख्यमन्त्री निवास बुटवलमै मुख्यमन्त्री केसीको दिन वितेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

खबरकुरासँग कुरा गर्दै मुख्यमन्त्री केसीले सबै धर्म, परम्परा र संस्कृति प्रति सम्मान रहँदा रहँदै पनि दसैंमा टिका नलाएको बताए । चितवनमा रहेका आफन्तको मृत्यु भएको १३ दिन नपुगेको र दसैं पर्व जनयुद्ध देखि नै नमाउने गरेका कारण पनि टिका नलगाइएको उनले बताए । ‘युद्ध चलिरहेका बेला कसरी दसै मनाउनु, मनाइएन,’ उनले भने, -‘त्यसपछिका दसैंमा पनि साथीभाई र पार्टि कार्यकर्ताहरुबीच शुभकामना आदान प्रदान भएपनि टिका लगाउने लाउने काम गरिएन ।’

मुख्यमन्त्री कार्यालयमा आएका साथीभाईसँग भेटघाट र कुराकानी गरेरै यसवर्षको दसैंलाई बिदा गरिएको मुख्यमन्त्री केसीले बताए ।

उता प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले पनि यस वर्ष दसैंको टिका लगाएनन् । उनले आफ्नै सासुआमाको निधन भएको वर्ष दिन नपुगेको र घर भित्रकै काका नाता पर्ने नातेदारको मृत्यु भएको १३ दिन पनि नपुगेका कारण टिका लगाउने काम नभएको खबरकुरालाई बताए । दसैंको अवसरमा गृह जिल्ला प्युठान पुगेर मतदाताहरुसँग भेटघाट सकेर उनी आजै दाङ झरेका छन् । टिका नभएपनि बुवाको आशिर्वाद थाप्न आज दाङ पुगेको सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला मन्त्री खड्काले बताए ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ७ : ४८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार