१५ चैत्र २०८२, आइतबार | March 29, 2026

के तपाईं दिनभर कुर्सीमा बसेर काम गर्नुहुन्छ ? कमजोर बन्नसक्छ है तपाईं स्मरण शक्ति !



के तपाईं दिनभर अफिसमा बस्ने जागिर खानुहुन्छ ? तपाईंको काम नै अफिसको कुर्सीमा बसेर गर्ने छ भने सावधानी हुन जरुरी छ है।

सामान्यतया कुर्चीमा बसेर काम गर्दा शरीरको पोस्चर नमिलाइकन बस्ने बानी धेरैको हुन्छ । जसका कारण ढाड, कम्मर, काँध र हात दुख्ने समस्या सबैलाई देखिन्छ । फिजियोथेरापिस्टकोमा पुग्ने अधिकांश समस्याहरु कुर्चीबाटै जन्मिएका हुन्छन् । फिजियोथेरापिस्टहरुले नियमित फिजियो गर्न र पोस्चर मिलाएर कुर्चीमा बसेर काम गर्न सुझाव दिन्छन् ।

तर, कुर्चीमा बसेर कामगर्नेहरुका लागि अर्को यौटा समस्या पनि गम्भीर हुन्छ । लामो समयसम्म एकै ठाउँमा बसेर काम गर्ने मानिसहरुको मस्तिष्कमा रगतको सन्चार राम्रोसँग नहुने एउटा अध्ययनले पत्ता लगाएको छ । मस्तिष्कमा राम्रोसँग रगतको सन्चार नहुनुको परिणाम निकै घातक हुनसक्छ ।

कुर्सीमा बसेर काम गर्नेहरुलाई होसियार गर्ने यो अध्ययन केही व्यक्तिहरुमाथि गरिएको हो जो दिनभर अफिसको कुर्सीमा बसेर काम गर्छन् । यसरी काम गर्नेहरुको मस्तिष्कमा राम्रोसँग रगत सन्चार नभएको पाइएको छ । तर, प्रत्येक आधा घन्टामा उठेर दुई मिनेटका लागि टहल्ने व्यक्तिहरुमा चाहिँ यस्तो समस्या पाइएको छैन । मस्तिष्कमा राम्रोसँग रक्त सन्चार हुनु हाम्रो शरीरका लागि अत्यन्त आवश्यक छ ।

मस्तिष्कका कोशिकालाई अक्सिजन तथा पोषक तत्वको आवश्यक हुन्छ । यो सब मस्तिष्कलाई रक्त सन्चारबाट नै मिल्छ । तर, एकै ठाउँमा बसेर काम गरिरहँदा यो सबै प्रक्रियामा समस्या आउने निष्कर्ष अध्ययनले निकालेको छ । योभन्दा पहिले मानिसबाहेकका अन्य जनावरमा पनि यसबारे अध्ययन गरिएको थियो । त्यसबाट पनि एकै ठाउँमा बस्दा समस्या हुनसक्ने आधारहरु निस्किएका थिए ।

रगतको प्रवाहमा समस्या देखिँदा सोचने तथा सम्झने शक्तिमा कमी आउने मात्र होइन, एकै ठाउँमा बसिरहँदा मस्तिष्कसँग सम्बन्धित अन्य समस्या पनि देखिन सकिने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । यस विषयमा पहिले पनि निकै धेरै अध्ययन गरिएका थिए । ती अध्ययनहरुले लामो समय एकै ठाउँमा बस्दा दिमागमा मात्र नभएर हाम्रो स्पाइनल कर्डमा पनि समस्या देखिने सक्ने निष्कर्ष निकालेका थिए । यसरी एकै ठाउँमा बसिरहँदा हाम्रो खुट्टामा पनि विभिन्न समस्या हुनसक्ने विशेषज्ञहरुले बारम्बार बताउँदै आएका छन् ।

यसपटकको यो अध्ययन चाहिँ लिभरपुल जोन मोरेस विश्विद्यालयमा गरिएको हो । विश्वविद्यालयको जर्नल जर्नल अफ एप्लाइड फिजियोलोजीमा छापिएको रिपोर्टअनुसार यो अध्ययन १५ व्यक्तिमा गरिएको हो । यी व्यक्तिहरुलाई यो अध्ययनको समय केवल बाथरुम जान मात्र दिइएको थियो । शोधकर्ताले उनीहरुको रगत प्रवाहलाई ट्र्याक गरेका थिए । यसको परिणाममा ती व्यक्तिहरुको मस्तिष्कमा रगत सन्चार कम भएको देखाएको थियो । तर, जब उनीहरुलाई २ मिनेट हिँड्न लगाइयो, उनीहरुको मस्तिष्कमा रगत सन्चार बढेको थियो ।

यो अध्ययनलाई नेतृत्व गरेकी सोफी कार्टरले अफिसमा काम गर्ने मानिसहरुलाई कम्तिमा पनि एकएक घन्टामा ब्रेक लिएर २ मिनेटका लागि हिँडडूल गर्न सुझाव दिएकी छिन् ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ११ : ३१ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक