२१ असार २०८३, आइतबार | July 5, 2026

झलनाथ खनाल एकीकृत समाजवादीको सम्मानित नेता, ३३५ नेताको कार्यविभाजन



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले ३३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । सो पार्टीले केन्द्रीय सदस्य सङ्ख्या विस्तार गर्नुका साथै नेताहरूको कार्यविभाजन समेत गरेको छ ।

एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशन अनुसार वरिष्ठ नेता झलनाथ खनाललाई पार्टीको सम्मानित नेता र विदेश विभाग प्रमुख बनाइएको छ ।

अध्यक्ष माधवकुमार नेपालद्वारा जारी अपानीअनुसार एक सम्मानित नेता, दुई नेता, सात उपाध्यक्ष, एक महासचिव, पाँच उपमहासचिव, ६ सचिव बनाइएको छ । यस्तै, ११ सदस्यीय केन्द्रीय सचिवालय, ४२ सदस्यीय स्थायी कमिटी, बैकल्पिकसहित ९४ सदस्यीय पोलिटब्यूरो र ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।

सम्मानित नेता खनालपछिको वरियतामा नेता मुकुन्द न्यौपाने र प्रदीप नेपाल रहेका छन् । त्यसपछि मात्र उपाध्यक्षहरु रहेका छन् ।

अन्तरपार्टी निर्देशनअनुसार पार्टीले तीन महिने संगठन विस्तार अभियान सुरु गर्ने जनाइएको छ । आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र (संघीय तथा प्रदेश), महानग, उपमहानगर, गाउँपालिका तथा वडा कमिटीहरु गठन गर्ने जनाइएको छ ।

२३ बुँदे अपानीमा ‘कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्ने’ जनाइएको छ । कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्न आफ्ना नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिइएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/10/Unified-Socialist-Apani-2-1.pdf” title=”Unified Socialist Apani-2-1″]

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ३ : ४५ बजे

मालदह आँपको मूल्य बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि

प्रचण्डको आरोप – सरकार संविधान र गणतन्त्र मास्न खोज्दैछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

नेपालगञ्ज । आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा

विश्वकप लिग-२ खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्ने नेपाली टोलीको बिदाइ

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक

रचनात्मक सुझावसहित संवादमा आउन महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका