१३ असार २०८३, शनिबार | June 27, 2026

खेलकुद क्षेत्रमा बाँकेलाई नयाँ उचाईमा पुर्‍याउने खेलकुद मन्त्री गहतराजको प्रतिबद्धता



नेपालगन्ज । संघिय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँके जिल्लालाई खेलकुदको क्षेत्रबाट नयाँ उचाईमा पुर्‍याउने प्रतिबद्धता ब्यक्त गरेका छन ।

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटी र योङ कम्युनिस्ट लिग बाँके जिल्ला समितिले आइतबार बिहान नेपालगन्जमा गरेको संयुक्त सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै मनत्री गहतराजले आफुले पाएको अवसरलाई पूर्णरुपमा सदुपयोग गदैं बाँकेलाई नयाँ उचाईमा पुर्‍याउने प्रतिबद्धता त्तयक्त गरेका हुन् ।

उनले खेलकुद क्षेत्रका विज्ञको सल्लाह सुझाव अनुसार जिल्लालाई खेलकुदको क्षेत्रबाट नयाँ उचाईमा पुर्‍याउने बताए ।‘बाँके जिल्लाले पहिलो पटक युवा तथा खेलकुद मन्त्रालय पाएको छ । यो समग्र जिल्लाको लागि नयाँ अवसर हो ।’ उनले भने -‘युवा लगायत खेलकुद क्षेत्रका समस्याहरूलाई समाधान गर्न लागि पर्नेछु ।’

मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आएका गहतराजले दसैंको टिका भने लगाएनन् । जिल्ला बसाईका क्रममा उनले आफ्नो क्षेत्रका मतदाता, पार्टीका नेता कार्यकर्ता, खेलाडी, खेलकुद क्षेत्रका विज्ञ व्यक्ति लगायतसङ्ग भेटघाट गरेका थिए ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ४ : १४ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को