१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

चिनियाँ प्राविधिक नआउँदा जलविद्युत आयोजना प्रभावित



रसुवा । उत्तरी रसुवाको चिलिमे इलाका क्षेत्रमा निर्माणाधीन तल्लो साञ्जेन जलविद्युत आयोजनाको अधिकांश संरचना निर्माण पूरा भएको छ । ४२.५ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट सुरूवात भएको उक्त आयोजनाले तीन हजार ६३० मिटर हेडरेस सुरुङ, एक हजार ५१ मिटर उचाइको सर्ज ट्याङ्क, ४७८ मी पेनस्टक सुरूङ तथा विद्युतगृहसमेत निर्माण सम्पन्न गरिसकेको छ ।

विद्युतगृहमा पानी ल्याउने सुरूङको निर्माणपश्चात कङ्क्रिट तथा पेनस्टक सुरूङमा पाइप राख्ने कामसमेत धमाधम अगाडि बढिरहेको आयोजनाले जनाएको छ । संरचना निर्माणको समग्र प्रगति ८४ प्रतिशत पूरा भए तापनि विद्युत गृहभित्र कामको जिम्मा लिने डिइसी नामक चिनियाँ कम्पनीका प्राविधिक नआएका कारण उपकरण जडानको काम बिलम्व हुँदै गएको बताइएको छ ।

आयोजना प्रमुख अर्पणबहादुर सिंहले छिटोभन्दा छिटो उपकरण जडान गरिदिन प्राविधिक समूहसँग संवाद भइरहेको जानकारी दिए । उपकरण जडानको प्रगति ५० प्रतिशत हासिल गर्नुपर्ने समय बितिसक्दा कामको जिम्मा लिने सो कम्पनीका प्राविधिकले भने कोरोनाको समस्या देखाइ कार्यस्थलमा आउन आनाकानी गरिरहेको जनाइएको छ ।

विद्युत गृहमा जडान हुने चौसठ्ठी प्रतिशत उपकरण आयोजनाको निर्माणस्थलमा ल्याइसकिएको र बाँकी सामग्री ल्याउने तयारी गरिएको बताइन्छ । उक्त विद्युत आयोजना सम्पन्न गर्न प्रतिमेगावाट रु १२ करोड ६३ लाख खर्च हुने लागत अनुमान गरिएको आयोजना प्रमुख सिंहले जानकारी दिए ।

विद्युतगृहको उपकरण जडानका लागि कार्य प्रारम्भ भएको मितिले लगभग एक वर्ष लाग्ने भएकाले जडानकर्तालाई छिटो आइदिन ताकेता भइरहेको बताइन्छ । यस्तै १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत आयोजनाले पनि निर्माण गर्नुपर्ने ९८ प्रतिशत संरचना तयार पारी उपकरण जडानका लागि चिनियाँ प्राविधिकको प्रतिक्षा गरिरहेको छ ।

चिनियाँ प्राविधिक नआएकै कारण सिम्बुगाउँमा निर्माण भएको माथिल्लो विद्युतगृहमा समेत उपकरण जडान हुन नसकेको आयोजना प्रमुख सुदन महतले जानकारी दिए । विद्युत विकासको काम द्रुत रूपले अगाडि बढाउन सञ्जेन जलिवद्युत कम्पनीले दुई स्थानमा रहने विद्युतगृहका लागि छुट्टाछुट्टै आयोजना प्रमुख तोकी कार्य अगाडि बढाइरहेको छ ।

चिनियाँ प्राविधिकलाई छिटो आइदिन ताकेका गर्दै आयोजनाका जिम्मेवार प्राविधिकको ध्यान उपकरण जडानतर्फ केन्द्रित भइरहेको जनाइएको छ । चिलिमे खोलाको पानीलाई सदुपयोग गर्दै तिलोचे बगरमा बाँधिएको बाँधबाट ल्याइएको एउटै पानीले कूल ५७.३ मेगावाट विद्युत उत्पादन हुने र सिम्बु तथा चिलिमे टारसमेतको दुई स्थानमा छुट्टाछुट्टै विद्युतगृह निर्माण भइसकेका छन् ।

पानीको स्रोत एउटै हुँदा सिम्बुमा रहने माथिल्लो विद्युतगृह बन्द गर्नुपर्ने अवस्था आए पनि सोही पानीले तल्लो विद्युतगृह भने निर्वाध रूपले सञ्चालन हुने जनाइएको छ । पानीको प्रवाह निरन्तर जारी राख्न इभिडी भल्व अर्थात एनर्जी डिसेपेटिङ राख्ने तयारी भइरहेको छ । यो उपकरण जर्मनमा निर्माण भएको र जलविद्युतमा प्रयोगका लागि यो प्रविधि नेपालको पहिलो नमुना भएको आयोजनाले जनाएको छ ।

तल्लो साङ्जेन जलविद्युत आयोजनाको निर्माण ढिलाइ हुनुमा विगतका समयमा भएको पेट्रोलियम पदार्थको अभाव, विसं २०७२ को विनाशकारी भूकम्प, कोभिड १९ को सङ्क्रमण एवं पटक-पटक आयोजना प्रमुखको फेरबदल जस्ता कारण रहेको बताइएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ९ : ३७ बजे

सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता

सामाजिक र धार्मिक सद्भाव जोगाउन पूर्वराजा ज्ञानेन्द्रको अपिल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी घटनापछि देशका विभिन्न क्षेत्रमा

सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

सिरहा । सिरहाको लहान क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन

सिरहाको गोलबजार गोली चल्दा एक जनाको मृत्यु, एक जना घाइते

सिरहाको गोलबजारमा बिहीबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का युवाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा