२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

दाहसंस्कार गर्न लागेको बालकको शव प्रहरीको नियन्त्रणमा



उदयपुर । उदयपुरको बेलका नगरपालिका-२ शान्ति नगरटोलमा दाहसंस्कार गर्न तयारी हुँदै गरेको एक बालकको शव प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय विश्वनाथ चन्द्रवंशीको २ वर्षिय छोरा भरत चन्द्रबंशीको शव घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

बालकको शव नियन्त्रणमा लिएर पोष्टमार्टमको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । शनिबार दिउँसो हराएका बालक आइतबार विहान गिनेरी खोलामा मृत फेला परेपछि पानीबाट झिकेर दाहसंस्कारको लागि घरमा राखेको अवस्थामा प्रहरीले शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीकाअनुसार बालकको गिदेरी खोलामा डुबेर मृत्यु भएको अवस्थामा मृतकका दाजु सुमन चन्द्रबंशीले देखेर पानीबाट झिकी घरमा लगि राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको टोलीले शवको घटना प्रकृति मुचुल्का उठाई पोष्टमार्टमको लागि धरान पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ६ : ३६ बजे

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको