२८ माघ २०८२, बुधबार | February 11, 2026

हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनका श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको जनाइएको छ । प्रहरीले दिएको जानकारी अनुसार नजिकैको सामुदायिक वनबाट नौरदश वटाको सङ्ख्यामा जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो-हल्ला गरेका थिए । सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

‘डिलाशैनी सामुदायिक वनबाट आएका हात्तीले आक्रमण गरेको हो ।’ घटनास्थलबाट शुक्लाफाँटा-१२ का वडाध्यक्ष बाले रानाले भने, ‘अझै जङ्गल किनारका बस्तीमा हात्तीले आक्रमण गर्नसक्ने त्रासदी छ ।’

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : २४ बजे

शासन-प्रशासनमा विचौलियाको प्रभाव बढ्दै गयो : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको

सुक्खा बन्दरगाहमा छ महिनामा ५७२ रेल्वे -याकमार्फत सामान भित्रियो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ

अख्तियार दुरुपयोग राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि

क्यानडाको स्कूलमा एक महिलाले चलाइन अन्धधुन्ध गोलीप्रहार, १० जनाको मृत्यु

पश्चिमी क्यानडाको एक हाई स्कूलमा एक महिलाले अन्धाधुन्ध गोली चलाउँदा