२३ बैशाख २०८१, आइतबार | May 6, 2024

लुम्बिनी प्रदेशमा ४३ प्रतिशत धानबालीमा क्षति, कृषि निर्देशनालयको अनुमान किसानहरुबाट अस्विकार



बुटवल । सोमबारदेखिको परेको अविरल वर्षाका कारण देशका सबैजसो स्थानमा क्षति पु¥याएको छ । विशेषत धान पाकेको अवस्थामा परेको बेमौसमी वर्षका कारण धानमा आश्रित किसानहरुको यस वर्ष विचल्ली नै हुने भएको छ ।

वर्षकै कारण लुम्बिनी प्रदेशमा पनि ठुलो परिमाणमा धानबालीका क्षति पुगेको छ । प्रदेश कृषि निर्देशनालयले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा लगाईएको ३६ हजार ४ सय ८० हेक्टर खेतमा काटेर भित्र्याउन तयार पारेको धानबालीमा पूर्णरुपमा क्षति पुगेको छ ।

प्रदेशका १२ वटै जिल्लाका कृषि ज्ञान केन्द्रबाट संकलन गरेको तथ्यांक अनुसार प्रदेशमा कुल ३ लाख १७ हजार ४ सय १४ हेक्टरमा धान खेती भएकोमा वर्षा शुरु हुनु अगाडि नै ५५ हजार ५४ हेक्टरबाट किसानले धान भित्राइसकेको प्रदेशको कृषि निर्देशनालयले दाबी गरेको छ । भित्राउन बाँकी रहेको ९३ हजार ५ सय ७६ हेक्टरमा काट्ने तयारीमा रहेको धानको बाला ढलेको अवस्थामा रहेको निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले जानकारी दिए ।

काट्न बाँकी रहेको मध्य ५७ प्रतिशत धानबालीमा क्षति पुगेपनि बाँकी ४३ प्रतिशत धानबालीमा क्षति नपुगेको र मौसममा सुधार भएपछि भित्राउन सकिने अवस्थामा रहेको निर्देशनालय प्रमुख देवकोटाले बताए ।

यो वर्ष धान उत्पादन राम्रो हुने आकलन गरिएको बेला एकाएक भएको वर्षाले देशभर नै ठुलो क्षति गरेको छ । तस्वीर : स्वस्तिक श्रेष्ठ

काट्न बाँकी रहेको धानमा क्षति नभएको र हावाले पल्टिएको धान वर्षा कम भएपछि उठाउन मिल्ने लेवकोटाको दाबी छ । किसानहरुले भने पसाएको धानको बालानै पानीमा डुबेका कारण काट्न बाँकी रहेको धानबालीमा समेत क्षति पुगेको बताएका छन् । नकाटेको धानको बाला हावाले पल्टेर पानीमा डुबेको ३-४ दिन भै सक्यो अव कसरी काम लाग्न सक्ला र ? बाँके रनियापुरका किसान आशाराम थारुले बताए ।

यता प्रदेश कृषि निर्देशनालयले भने काटेर खेतमै क्षति भएको किसानलाई मात्र आवश्यक क्षतिपूर्तिका लागि प्रदेश तथा संघीय सरकारका विभागीय मन्त्रालयसँग छलफल शुरु गरेको छ । प्रदेश तथा संघीय मन्त्रालयसँग छलफल भईरहेको प्रमुख देवकोटाले बताए । ‘के कसरी क्षतिपूर्ति दिन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ, केही दिनमा हामीले स्थानीय सरकारको समेत समन्वयमा क्षतिको विवरण हेरेर केही उपाय निकाल्ने प्रयत्न गरिरहेका छौं’- उनले भने । पश्चिम तराईका अधिकांश खेतहरुमा असोजको अन्तिम साता धान पाकिसकेको थियो भने कतिपय ठाउँमा अझै धान पाक्दै छ ।

 

दशैँ अगाडि र लगत्तै यहाँका साना तथा ठूला किसानले धान काट्न शुरु गरेका थिए । मौसम बिभागले केही दिनमा खराब मौसमको संकेत गरे पनि धेरै किसानले त्यो संकेतको मेसो नपाएका कारण क्षति बढी भएको कृषि विज्ञले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले हल्का र छिटफुट वर्ष हुने सूचना जारी गरेका कारण पनि किसानहरुले माहाशाखाको सूचनालाई बेवास्ता गरेको किसानहरुले बताएका छन् ।

समयमै पानी परेको र मल पनि समयमै पाएकाले अन्य वर्षको तुलनामा यो वर्ष धान खेती बढी हुने अनुमान गरिएको थियो । लुम्बिनीमा प्रतिहेक्टर ३ दशमलब ५ मेट्रिक टन धान उत्पादन हुने कृषि निर्देशनालयले प्रक्षपण गरेको प्रमुख देवकोटाले बताए । यो हिसाबले लुम्बिनीमा ३६ हजार ४ सय ८० हेक्टर खेतबाट १ लाख २७ हजार ६ सय ८० मेट्रिक टन धान वर्षाले क्षति गरेको निर्देशनालयको दाबी छ ।

कृषि निर्देशनालयले प्रस्तुत गरेको तथ्यांक गलत भएको आफै किसान समेत रहेको लुम्बिनी प्रदेश सभाका सदस्य आईपी खरेलले बताए । उनले दशैँ अगाडि काटेको राधा ४ जातीको धान किसानको घरमा भित्रिएपनि दशैँ पछिको धान काटेका र नकाटेका सबै नस्ट भएको सांसद खरेलको दाबी छ । उनले निर्देशनालयको तथ्थ्यांकका आधारमा क्षतिपुर्तिको व्यवस्था गर्ने हो भने किसानहरु डुब्ने बताए ।

कृषि ज्ञान केन्द्रका अधिकारीहरुले कार्यालयमै बसेर तथ्यांक संकलन गरेको आरोप लगाउँदै उनले पानीमा डुबेको धानको बाला हेर्न खेत सम्म पुग्न ती अधिकारीहरुलाई चुनौती पनि दिए । ’प्रमाण चाहिए म देखाउँला, खेतमा आउनु प¥यो, ३ दिन देखि धानका बाला पानीमा डुबेको छ, त्यो धान काटेपछि कसरी चामल निस्कन्छ ?‘ उनले प्रश्न गरे ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १० : ४३ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa