२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज सुदूरपश्चिम जाँदै



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न आज सुदूरपश्चिम प्रदेश तर्फ जाँदैछन् ।

केहीबेरमा प्रधानमन्त्री सहितको टोली सुदूरपश्चिम प्रदेश जान लागेको कांग्रेस नेता एनपी साउदले लोकान्तरलाई जानकारी दिए ।

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवासहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पनि निरीक्षण टोलीमा सहभागी छन् ।

त्यसैगरी कांग्रेस नेताहरू रमेश लेखक, नेता साउद र वीरबहादुर बलायरलगायत सुदूरपश्चिम जाने टोलीमा सहभागी छन ।

प्रधानमन्त्री देउवाले स्थलगत निरीक्षणका क्रममा बाढी पहिरोले पुर्‍याएको क्षति, प्रभावित जनजीवनको अवस्था, उद्धार र राहतमा भइरहेका गतिविधिका बारेमा जानकारी लिनेछन् ।

देउवा सम्भव भएसम्म आजै कर्णाली प्रदेशमा पनि पुग्ने कार्यक्रम तय भएको छ ।

देउवाको प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृह प्रदेश सुदूरपश्चिमको भ्रमण हो ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ८ : ४० बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि