२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

कालीगण्डकी नदीमा कात्तिके स्नानका लागि दैनिक भीड



गलेश्वर । कात्तिक महिना सुरु भएसँगै आध्यात्मिक र जैविक महत्वको कालीगण्डकी नदीमा स्नान गर्नेको भीड बढेको छ । कात्तिक स्नान गर्न कालीगण्डकी नदीमा भक्तजनको बिहानको समयमा भीड नै लाग्ने गरेको हो ।

कात्तिकभरि नै यहाँ स्नान, जप र ध्यान गर्नेको भीड लाग्ने गर्दछ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाश दीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वासले कालीगण्डकीको गलेश्वर, बेनीबजार, सेतीबेणी, रिडीलगायत क्षेत्रमा गण्डकी स्नानका लागि भीड लाग्ने गरेको हो ।

विभिन्न पौराणिक ग्रन्थमा कालीगण्डकीको महिमाको वर्णन गरिएको छ । यसको तटीय इलाका तथा प्रसवण क्षेत्रमा रहेका विभिन्न तीर्थस्थल, ऋृषि महर्षिका आश्रमस्थल, धाम, घाट र मानवबस्तीका कारण यसको सभ्यता वैदिककालसँग जोडिएको कालीगण्डकी बचाउ अभियानका अभियानकर्मीले बताउँदै आएका छन् । कालीगण्डकीको पौराणिक महत्व र यहाँ पाइने शालग्रामबाट आकर्षित भई विभिन्न ऋृषिगणले यसको प्रसवण क्षेत्रमा आई योग, तपस्या र साधना गरेका दृष्टान्त भेटिन्छन् । कालीगण्डकीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक तथा पर्यटकीय दृष्टिले पनि ठूलो महत्व छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरूपमा गरिने तुलसी पूजाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको पण्डित नीलकण्ठ आचार्यले बताए।

यस्तो छ कालीगण्डकीको पौराणिक र सांस्कृतिक महत्व

हिन्दूहरुको पवित्र तीर्थस्थल दामोदरकुण्ड क्षेत्र (तिब्बतको न्ह्युविन हिमालको ग्लेसियर)बाट उत्पत्ति भई मुस्ताङ प्रवेश गर्ने यो नदी नारायणीको एक प्रमुख शाखा नदी पनि हो । कालीगण्डकी उद्गम विन्दुबाट देवघाटसम्म करिब ६३०.४० किलोमिटरको लामो दूरी पार गर्दै नारायणीमा मिसिन पुग्छ । दामोदरकुण्डबाट आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिन्छ ।

कालीगण्डकीलाई कृष्णगण्डकी पनि भन्ने गरिन्छ । कृष्णको अर्थ कालो भएको र कालीगण्डकीमा धेरैजसो समय कालो जल प्रवाहित हुने भएकाले यो नदीलाई कालीगण्डकी (कृष्णगण्डकी) भनिएको हो । स्कन्दपुराणमा ‘शालग्राम समिपेतु क्रोशमात्रं समन्ततः । कीटोऽपि म्रियते याति वैकुण्ठभवनं ध्रुवम् ।।’ अर्थात् जहाँ-जहाँ कालीगण्डकी बहेकी छन्, त्यसको एक-एक कोषसम्म मर्ने किटपताङ्गादिसमेत वैकुण्ठ जान्छन् भनेर वर्णन गरिएको छ । त्यस्तै प्रयाग, कुरुक्षेत्र तथा नैमिषरण्यमा सयौँपटक स्नान गरेर पाइने फल कालीगण्डकीमा एकैपटक स्नान गरेर प्राप्त हुन्छ भन्ने कुरा पनि स्कन्दपुराणमा बताइएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : ०३ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२