१० श्रावण २०८३, आइतबार | July 26, 2026

बाढी पीडित र बन्यजन्तुबाट पीडित बर्दियाबासीका लागि तत्काल राहत प्याकेज ल्याउँछौ : प्रधानमन्त्री देउवा



बर्दिया । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली नदीको बाढीबाट प्रभावितका लागि तत्काल राहतका कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज राजापुर पुगेका प्रधानमन्त्री देउवाले राजापुर र गेरुवा क्षेत्रका नागरिकका लागि तत्काल राहात कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।

उनले बाढीबाट सबैभन्दा प्रभावित भएको यस क्षेत्रका नागरिकका लागि आफूहरुले तत्काल राहात र विशेष प्याकेजको कार्यक्रम ल्याउने जानकारी दिए ।

बाढी पीडित नागरिकहरुको अवस्था बुझ्न आफूहरु आएको र काठमाडौं पुगेपछि दीर्घकालीन कार्यक्रम र योजना बनाउने प्रधानमन्त्री देउवाको भनाई छ । देउवाले मन्त्री मण्डलको आकस्मिक वैठक बसी दीर्घकालिन योजना बनाएर कर्णाली नदी व्यवस्थापनको लागि स्थायी तटबन्ध बनाई पहल गर्ने पनि बताए ।

बाढीबाट मात्र नभई बन्यजन्तु बाट समेत मानवीय क्षती व्यहोरिरहेको बर्दियाका लागि छुट्टै विशेष कार्यक्रम ल्याउने उनले आश्वासन दिए ।

कैलालीको बाढी प्रभावित क्षेत्रको निरिक्षण पश्चात प्रधानमन्त्री देउवा सहित अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आले लगायत राजापुर पुगेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ८ : ४७ बजे

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल