५ पुस २०८२, शनिबार | December 20, 2025

बाढी पीडित र बन्यजन्तुबाट पीडित बर्दियाबासीका लागि तत्काल राहत प्याकेज ल्याउँछौ : प्रधानमन्त्री देउवा



बर्दिया । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली नदीको बाढीबाट प्रभावितका लागि तत्काल राहतका कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज राजापुर पुगेका प्रधानमन्त्री देउवाले राजापुर र गेरुवा क्षेत्रका नागरिकका लागि तत्काल राहात कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।

उनले बाढीबाट सबैभन्दा प्रभावित भएको यस क्षेत्रका नागरिकका लागि आफूहरुले तत्काल राहात र विशेष प्याकेजको कार्यक्रम ल्याउने जानकारी दिए ।

बाढी पीडित नागरिकहरुको अवस्था बुझ्न आफूहरु आएको र काठमाडौं पुगेपछि दीर्घकालीन कार्यक्रम र योजना बनाउने प्रधानमन्त्री देउवाको भनाई छ । देउवाले मन्त्री मण्डलको आकस्मिक वैठक बसी दीर्घकालिन योजना बनाएर कर्णाली नदी व्यवस्थापनको लागि स्थायी तटबन्ध बनाई पहल गर्ने पनि बताए ।

बाढीबाट मात्र नभई बन्यजन्तु बाट समेत मानवीय क्षती व्यहोरिरहेको बर्दियाका लागि छुट्टै विशेष कार्यक्रम ल्याउने उनले आश्वासन दिए ।

कैलालीको बाढी प्रभावित क्षेत्रको निरिक्षण पश्चात प्रधानमन्त्री देउवा सहित अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आले लगायत राजापुर पुगेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ८ : ४७ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ