२ कार्तिक २०८३, सोमबार | October 20, 2026

१० बुँदे कार्यन्वयन सहजिकरण कार्यदलको संयोजकबाट भिम रावलको राजीनामा, बैठकमा ५ पृष्ठको फरकमत दर्ता



काठमाडौं । एमाले विवाद मिलाउन बनाईएको १० बुँदे कार्यन्वयन सहजिकरण गर्न बनाइएको कार्यदलबाट नेकपा एमालेका उपाध्यक्ष एवं कार्यदलका संयोजक भीम रावलले राजीनमा दिने घोषणा गरेका छन् । रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको बताए । ‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ’ बैठकपछि उपाध्यक्ष रावलले भने । राजीनामाको लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने उनले बताए ।

उनले १० बुँदे सहमति विपरित दुई केन्दीय सदस्य नियुक्त गरेको भन्दै असन्तुष्टी जनाएका छन् । यसबारे आफूले बैठकमा लिखित फक मत पनि राखेको उनको जानकारी दिए । उनले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा फरक मत राखेका छन् । ‘१० बुँदे कार्यान्वयनबारे केन्द्रीय कमिटीबाट निर्णय भएर अपानी–१२ जारी भयो, त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने विषय मेरो हो’, उनले बैठकपछि सञ्चारकर्मीहरुसँग भने ।

उनले ५ पृष्ठ लामो लिखित फरक मत बैठकमा राखेको बैठकमा सहभागी एक नेताले बताए । रावलले प्रभु साहले भनेको भरमा सहमति र विधान विपरित केन्द्रीय सदस्य राख्नु विधिसम्मत निर्णय नभएको पनि बताए ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : १४ बजे

सरकारी राँगोको मार हान्न पाँच लाख ५ हजार रूपैयाँ बोलकबोल

म्याग्दी । रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट