२१ मंसिर २०८२, आइतबार | December 7, 2025

अन्तराष्ट्रिय विमानस्थलमा राख्न नेपाल ल्याइएको बुद्धमुर्तिको भैरहवामा भब्य स्वागत, शोभाकलश सहित नगर परिक्रमा गराइयो



बुटवल। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न तयार गरिएको बुद्धको मुर्तिलाई रुपन्देहीको भैरहवामा बजागाजा सहित नगर परिक्रमा गराईएको छ । विमानस्थल परिषरमा राख्नका लागि शुक्रबार मात्र नेपाल आईपुगेको बहुमूल्य बुद्धमूर्तिलाई शनिबार भैरहवा नगर परिक्रमा गराइएको हो ।

म्यान्मारका कालिगरहरुले बनाएको उक्त मुर्ति हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट शुक्रबार भैरहवा ल्याइपु¥याईएको थियो । मूर्तिलाई शनिबार भैरहवा र लुम्बिनी क्षेत्रका व्यवसायिक संघसंस्थाहरूले भव्य स्वागत गर्दै नगर परिक्रमा गराएका हुन्। बुद्धमुर्तिलाई नगरपरिक्रमा गराउन सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवा तथा विभिन्न संघ संस्थाहरूले अगुवाई गरेका थिए । बेलहिया भन्सार परिसरबाट शोभा कलश यात्रा सहित उक्त बुद्धमूर्तिलाई आँखा अस्पताल, देवकोटा चोक, मिलन चोक, नारायण पथ हुँदै बुद्धचोकबाट लुम्बिनीतर्फ पठाइएको थियो ।

म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनमा रहेको लुम्बिनी गार्डेन फाउण्डेसनलाई उपलब्ध गराएको उक्त बुद्धमूर्ति फाउण्डेसनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न नेपाल ल्याएको जनाएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको नेतृत्वमा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीलगायतको टोली स्पेनको एक कार्यक्रममा गएका बेला मूर्ति राख्ने विषय औपचारिक रूपमा अघि बढेको थियो ।

बुद्धमूर्तिलाई बुद्ध जन्मभूमि लुम्बिनी परिक्रमा गराई पुनः विमानस्थल ल्याएर राखिने छ। बहुमूल्य पत्थर ‘ह्वाइट जेड स्टोन’बाट बनेको बुद्धमूर्ति साढे २ अर्ब मूल्य बराबर रहेको बताइएको छ । एक दशमलव ९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइ रहेको बुद्धमूर्तिको तौल १ हजार ८ सय किलोग्राम रहेको छ। सो बुद्ध मूर्तिमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’ को हालको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ अमेरिकी डलर रहेको छ ।

विमानस्थलमा राखेपछि आगामी कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त बुद्धमूर्ति अनावरण गर्ने कार्यक्रम तय भइसकेको लुम्बिनी गार्डेन फाउन्डेसनका सचिव तुलसीराम लामिछानेले जानकारी दिए। बुद्धमूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र सोही प्रदेशका दुई जना मन्त्रीसमेत आउने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउण्डेशनले जनाएको छ ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ६ : ४२ बजे

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज

छत्रदेव-छत्रगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

अर्घाखाँची । छत्रदेव गाउँपालिका-५ नं. वडा कार्यालयको सहकार्यमा छत्रगञ्ज-रुपन्देही सम्पर्क

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा