१७ बैशाख २०८१, सोमबार | April 29, 2024

केपी ओलीको एमाले पार्टी महादेवले बोकेको सतिदेवीको लास जस्तै हो : मेटमणी चौधरी



दाङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले केपी ओली नेतृत्वको एमाले पार्टी स्वस्थानीमा महादेवले बोकेको सतिदेवीको लास जस्तै भएको टिप्पणी गरेका छन् । दशैंका अवसरमा एकिकृत समाजवादी दाङले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता चौधरीले स्वस्थानीको कथामा सतिदेबीको लास कुहिएर बिभिन्न भागमा खसेर सक्किए जस्तै गरि एमाले नाश भएर जाने बताए । उनले देशभरी एमालेमा पहिरो जाने क्रम जारी रहेको बताउँदै ओली नेतृत्वको एमाले शुन्यमा झर्ने ठोकुवा गरे ।

एकिकृत समाजवादी पार्टीका उपमहासचिव प्रकाश ज्वालाले एकीकृत समाजबादी पार्टीले नै अब एकीकृत कम्युनिष्टहरुको नेतृत्व गर्ने दावी गरे । उनले केपी ओलीको प्रबृत्तीले एमाले मात्रै नभई कम्युष्टि निति, बिचार र आन्दोलनमा आक्षेप लाग्ने अबस्था आएको बताए । नेता ज्वालाले नेताहरुले नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन भएको र बिद्रोहको सृङ्खला जारी रहेकाले एकिकृत समाजवादी पार्टीलाई बिशाल बनाईने दृढ्ता व्यक्त गरे ।

एकिकृत समाजवादी दाङले तिहार तथा छठको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम राखेको हो । कार्यक्रममा उपमहासचिव प्रकाश ज्वाला, केन्द्रीय सचिव एवं लुम्बिनी इन्चार्ज भागवत बिश्वासी, पोलिट्ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरी लगायतको उपस्थिति थियो । शुभकामना आदान प्रदानका लागि अन्य दलका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ११ : २९ बजे

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा

लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार

काठमाडौं । काठमाडौँमा हिजोदेखि सुरूभएको तेस्रो लगानी सम्मेलनमा नेपालले ‘लगानीमा

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण