१० श्रावण २०८३, आइतबार | July 26, 2026

स्वामी श्रीनिश्चलानन्द आज नेपाल आउँदै



भैरहवा । जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्द आज आइतबार नेपाल आउँदै छन् । भैरहवामा आयोजना गर्न लागिएको धर्मसभालाई सम्बोधनका लागि स्वामी श्रीनिश्चलानन्द नेपाल आउन लागेका हुन् ।

भैरहवाको महेन्द्रसभा गृहमा हुने धर्मसभामा सहभागी हुनेगरी नेपालका सनातन धर्म तथा ओमकार परिवारका विद्वान भैरहवा आइपुगेको पत्रकार सम्मेलनमा धर्मसभा मूल आयोजक समितीका संदस्य ब्यासमुनि आचार्य किशोर गौतमले बताए ।

ब्यासमुनि आचार्यले वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवजारको विशेषता, पहिचान र सम्मान कायम गर्न नेपालको संविधानमा सनातन हिन्दू धर्म सापेक्षेताको पहिचान पुनःस्थापित गर्ने ध्ययेले धर्मसभा आयोजना गरिएको बताए ।

गौतमका अनुसार समस्त ओमकार परिवारबीच एकता कायम गर्नेगरी राष्ट्र, राष्ट्रियता, स्वधर्म र स्वसंस्कृतिको रक्षाका लागि एकजुट भई विश्व ओमकार एकता महाअभियानको सिलसिलामा धर्मसभाको आयोजना गरिएको हो ।

ओमकारमूलक पन्थ, सम्प्रदाय, सङ्घसंस्था र व्यक्तिसँग विश्वस्तरमै सत्य प्रेम, शान्ति, सेवा, अहिंसा आदि मानवीय मूल्यसहित सहकार्यगरी नेपाललाई हिन्दू राष्ट्रका रुपमा पुनः स्थापित गर्न धर्मसभा आयोजना गरिएको बताइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : ४५ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले