१५ बैशाख २०८१, शनिबार | April 27, 2024

आज बारका पदाधिकारीले प्रधानन्यायाधीश राणालाइ भेट्दै, यस्ता छन् मागहरु



काठमाडौं । नेपाल बार एशोसिएशनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेट गर्ने भएका छन् ।

शुक्रबार बैठक बसेर अदालतमा स्वचालित पेशी प्रणाली लागु गराउन र सो प्रणाली लागु गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोला (राफल) प्रणालीबाट पेशी तोक्ने सुझाव प्रतिवेदन कार्यान्वयन गराउन १५ दिने अल्टिमेटम दिएको बारका पदाधिकारीले आज आइतबार प्रधानन्यायाधीश राणा भेटेर समग्र विषयमा छलफल गर्ने अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

स्वचालित पेशी प्रणाली लागुका साथै अहिले न्यायालयमाथि उठिरहेका प्रश्न, संवैधानिक आयोगमा नियुक्तिसम्बन्धी मुद्दामा अवरोध, न्यायपालिकाको सुधारको लागि न्यायाधीश हरिकृष्ण कार्की समितिको प्रतिवेदन कार्यान्वयन, न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक लगायत विषयमा प्रधानन्यायाधीशसँग राख्ने अध्यक्ष श्रेष्ठले बताए ।

प्रधानन्यायाधीश जबराले विकृति तथा विसंगति रोक्नको लागि विशेष पहल गर्नुपर्ने आफूहरुको धारणा रहेको उनको भनाइ छ ।प्रधानन्यायाधीश राणालाई भेटेपछि बारले थप धारणा बनाउने बताइएको छ । बारले प्रधानन्यायाधीशको राजीनामा भने मागेको छैन । सुधारमै जोड दिएको छ । महाभियोग संसदको क्षेत्राधिकारको विषय भएको बताएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ८ : १० बजे

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन