२३ बैशाख २०८१, आइतबार | May 5, 2024

प्रधानन्यायाधीस जबरालाई नेपाल बारका पदाधिकारीले भेट्दै



काठमाडौं । नेपाल बार एसोसिएसनका पदाधिकारीहरुले आज प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई भेट गर्न लागेको छ ।

बारको कार्यसमितिले ११ बजेपछि प्रधानन्यायाधीस जबरालाई भेट गर्न लागेको हो । मन्त्रिपरिषद्मा भागवण्डा खोजेको लगायतका कैयौं विवादमा जबरा तानिएपछि बार कार्यसमितिमा उनी विरुद्ध आवाज उठाउनुपर्ने विषयमा छलफल भएको थियो ।

कुनै पनि निर्णय लिनुअघि प्रधानन्यायाधीससँग भेटेरै छलफल गर्ने सहमतिअनुसार आज बार पदाधिकारीले भेट गर्न लागेको हो । बारभित्र प्रधान्यायाधीसलाई बहिस्कार गर्नुपर्नेसम्मको आवाज उठिरहेको छ । कानून व्यवसायीहरुले अदालतमा न्यायाधीसहरुलाई बेन्च सेयर नगर्न समेत दबाब दिनुपर्ने बताइरहेका छन् ।

मन्त्रिपरिषद् विस्तारका क्रममा आफ्ना जेठानलाई मन्त्री बनाउन लविङ् गरेको, यसअघिको सरकारका पालामा संवैधानिक परिषद्मा आफ्ना मान्छे भर्ति गराएको, न्यायालयको स्वच्छता र मर्यादा विपरितका काम गरेको लगायतका आरोप प्रधानन्यायाधीस जबरामाथि लाग्दै आएको छ । पूर्व न्यायाधीसहरुको फोरमले त प्रतिनिधिसभामा उनी विरुद्ध महाअभियोग समेत लगाउनुपर्ने माग गरेको छ ।

 

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ११ : १६ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै