६ भदौ २०८३, शनिबार | August 22, 2026

हमाललाई मन्त्री बनाउन मेरो कुनै पनि संलग्नता छैन : प्रधानन्यायाधीस जबरा



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै पनि संलग्नता नहरेको प्रष्टिकरण दिएका छन् ।

प्रधानन्यायाधीशसमक्ष आज नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीसँगको भेटमा जबराले हमाललाई मन्त्री बनाउनका लागि कुनै पनि नेतालाई नभनेको बताएका हुन् । “मेरो जेठानलाई मन्त्री बनाउनुस् भनेर मैले कहीँ पनि भनेको छैन, मेरो नाता पर्नु दुर्भाग्य हो, तर यसमा मेरो कुनै संलग्नता छैन”, प्रधानन्यायाधीश राणाले भनेको कुरालाई बैठकपछि पत्रकारसँग बारका महासचिव लीलामणि पौड्यालले जानकारी दिए ।

प्रधानन्यायाधीश राणाले न्यायालय सुधारका विषयमा बारले उठाउँदै आएका सम्पूर्ण विषयमा आफू गम्भीर रहेको र त्यसका लागि तत्काल काम सुरु गर्ने छलफलमा बताएको जनाइएको छ ।

समग्र न्यायालय सुधारका विषयमा सोमबार १ः३० बजे प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक (फूल कोर्ट) बस्ने र त्यस बैठकमा बार पनि सहभागी भएर बृहत् छलफल गर्ने तय भएको छ ।

बारले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बनाएको प्रतिवेदन कार्यान्वयन नगरेको, स्वतन्त्र न्यायपालिका निर्माणमा तदारुकता नदेखाएको भन्दै बारको शुक्रबारको निर्णयानुसार आज प्रधानन्यायाधीशलाई भेट गरी ध्यानाकर्षण गराएको हो ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशसँग समसामयिक विषयमा समग्रमा कुराकानी भएको र सोमबार बस्ने सर्वोच्च अदालतको पूर्ण बैठकमा थप छलफल भई निष्कर्षमा पुग्ने बताए । त्यो सुझावअनुसार मङ्गलबार नै त्यसको काम सुरुआत गर्ने पनि भेटमा छलफल भएको बारका महासचिव पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ३ : ५६ बजे

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

स्वेजको विकल्प बन्दै नर्दन सी रुट ‘आर्कटिक मार्ग’, व्यावसायिक चुनौती कायमै

पेरिस । खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज