२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

अफगानिस्तानमा रहेका नेपालीको स्वास्थ्यमा एनआरएनएको चासो



लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अफगानिस्तान, पाकिस्तान र टर्कीमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ ।

एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिले आइतवार एक भरर्चुअल कार्यक्रमको आयोजना गर्दै उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा अन्तरक्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदुत तपास अधिकारी, मानवअधिकारकर्मी घइस गिलानी, एनआरएनए टर्कीका अध्यक्ष उज्वल घिसिङलगायतले आ–आफ्ना भनाइ राखेका थिए ।

स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाको संयोजकत्वमा भएको कार्यक्रममा राजदुत अधिकारीले पाकिस्तानमा करिब तीन सय जना नेपालीहरु रहेको बताए ।

उनले ती मध्ये अधिकांश स्वास्थ्यसम्बन्धी अध्ययनको लागि आएका विद्यार्थी भएको र उनीहरुको अवस्था राम्रो रहेको बताए । उनले नेपालीहरुले समेत पाकिस्तानमा कोरोना विरुद्धको खोप लगाउने अवसर पाएको जानकारी दिए । उनले पाकिस्तानमा रहेका नेपालीहरुलाई आवश्यक सहयोग गर्न राजदुतावास प्रतिबद्ध रहेका बताए ।

मानवअधिकारकर्मी घइस गिलानीले अन्तरक्रियामा आफगानिस्तान र पाकिस्तानमा मानवअधिकारको अवस्था कमजोर रहेको बताए । उनले पाकिस्तानमा ९० प्रतिशत जनताको कोभिड–१९ विरुद्धको खोपमा पहुँच रहेको बताए । उनले आफगानिस्तानमा भएको राजनीतिक परिवर्तनपछि नेपालीलगायत कयौं आप्रवासीहरु पाकिस्तानतर्फ पलायन भएको बताए ।

उनले तालिवानले आफगानिस्तानको सत्ता लिएपछि स्वास्थ्य तथा आर्थिक क्षेत्रमा अन्योल रहेको बताए ।

कार्यक्रममा एनआरएनए टर्कीका अध्यक्ष घिसिङले टर्कीमा रहेका नेपालीको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै विगत एक वर्षमा दुई जना नेपालीले आत्महत्या गरेको जानकारी दिए ।

अफगानिस्तानमा तालिवानले सरकार कब्जामा लिए पछि १ हजारभन्दा बढी नेपालीहरुको उद्धार गरिएको भारतस्थित नेपाली दुतावासले जनाएको छ । दुतावासका अनुसार अहिले साढे तीन सय नेपालीहरु उद्धारको पर्खाइमा रहेका छन् भने बिभिन्न कम्पनीमा १५ सय भन्दा बढी नेपाली त्यहाँ कार्यरत छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १२ : ४७ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा