२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

बुटवल उद्योग बाणिज्य संघको वार्षिक साधारण सभा मंसिर ६ गते



बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा आगामी मंसिरमा हुने भएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले यस अगाडि स्थगित गरिएको ६८ औं वार्षिक साधारण सभा आगामी मंसिर ६ गते सोमबार गर्ने निर्णय गरेको हो ।

संघले यस अगाडि असोज १८ गतेलाई तय गरिएको साधारण सभा कोभिड १९को कारण देखाउँदै जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको कारण स्थगित गरिएको थियो ।

साधारण सभा सम्पन्न गर्नको लागि यस अगाडि नै कार्यसमिति सदस्यहरुलाई बिभिन्न जिम्मेवारी प्रदान गरेको थियो । साधारण सभाको लागि हल तथा मञ्च व्यबस्थापनमा प्रकाश श्रेष्ठ, किट व्याग तथा रजिस्ट्रेसनमा दीपक चापागाई, प्रस्ताव समितिमा प्रतिक पोखरेल, खाना तथा जलपानमा आनन्द वझा, स्वागत तथा व्याचमा जमुना पौडेल तथा सदस्यता मत सर्वेक्षण तयारीको लागि संजय कलवार जयसवाललाई जिम्मेवारी प्रदान गरिएको थियो ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले ति समितिहरुलाई जिम्मेवारी अनुसारका तयारीका काम गर्न आग्रह गरेको संघका महासचिव बिमलराज भट्टराईले जानकारी दिए ।

बैठकमा संघका सल्लाहकार तथा पूर्व अध्यक्षहरु निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, महेशमान सिंह, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे लगायतले आ–आफ्ना धारणा सहित सुझावहरु राख्नुभएको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ४ : १३ बजे

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभामा सांसद कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारी

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने