१५ माघ २०८२, बिहिबार | January 30, 2026

फिल्ड रिपोर्ट खोज्दै लुम्बिनी बाणिज्य क्याम्पसका विद्यार्थी मार्दी हिमाल तर्फ



बुटवल । लुम्बिनी वाणिज्य क्याम्पसमा स्वायत्त कार्यक्रम अन्तर्गत संचालित एमबीएस फाइनान्स तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु ८ दिने फिल्ड अनुसन्धानका लागि सोमबार मार्दी हिमालतर्फ प्रस्थान गरेका छन ।

विद्यार्थीहरुको नियमित परियोजनात्मक कार्य अन्तर्गत उपप्राध्यापकद्वय इन्द्र चापागाईं र नवराज भण्डारी सहित ४० जना विद्यार्थीको टोली मार्दी हिमाल तर्फ प्रस्थान गरेको हो । क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले यात्रा सफलताको कामना गर्दै यस प्रकारको विद्यार्थीहरुको नियमित परियोजनात्मक कार्यले विद्यार्थीहरुको अनुसन्धानको पाटोलाई सहयोग पुर्याउनुका साथै जिवनोपयोगी रहने बताए ।

अनुसन्धानका शिलशिलामा विद्यार्थीहरुले पोखरा, घान्द्रुक, मार्दी हिमाल क्षेत्रको पर्यटकीय सम्भावना तथा चुनौती, ट्रेकिङ रुटको चुनौती, स्थानीय रोजगार तथा आतिथ्यता, स्थानीय कला संस्कृतिको जगेर्ना, सरसफाइ तथा स्वास्थ्य सम्बन्धी विभिन्न विषयहरूमा अनुसन्धान गर्ने, प्रतिबेदन तयार पार्ने र सोही स्थानमै स्थानीय समुदाय समक्ष प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ४ : ३० बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला