२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

लुम्बिनी प्रदेश सरकारको बजेटमा व्यक्तिगत पहुँच र प्रभाव झल्क्यो : नेपाल पत्रकार महासंघ



बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७८/७९ को सञ्चार क्षेत्रका लागि छुटाइएको परिमार्जित बजेटमा व्यक्तिगत पहुँच र प्रभाव झल्केको भन्दै नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले आपत्ती प्रकट गरेको छ । महासंघको रुपन्देही शाखाले आज विज्ञप्ति प्रकाशित गर्दै सरकारले लोककल्याणकारी रुपमा बजेट बिनियोजन गर्नुपर्नेमा विभेद गरिएको आरोप लगाएको छ ।

बजेट विनियोजनको विषयमा नेपाल पत्रकार महासंघ रुपन्देहीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्तिमा विधि पद्धती र आर्थिक अनुशासन विपरित छुट्याइएको सञ्चार सम्वन्धी बजेटलाई तुरुन्त सच्याई प्रदेशभरिका सञ्चारमाध्यमले लाभ लिने गरि समानुपातिक रुपमा वितरण हुने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

‘सरकार अभिभावकीय भूूमिकामा हुनुपर्छ । तर, बजेट बिनियोजनमा व्यक्तिगत पहुँच र प्रभाव झल्केकाले यसलाई तुरुन्त सच्याउन जोडदार माग गर्दछौं । महासंघले भनेको छ,’ -‘सबै सञ्चारमाध्यमलाई समान रुपमा सम्बोधन हुने गरि बजेट बिनियोजन गर्नुपर्नेमा केही सञ्चारमाध्यमहरुलाई मात्रै तोकेरै बजेट विनियोजन गरिदा सरकारको अभिभावकीय भूूमिकामाथी प्रश्न उठेको छ ।’

पूूर्ववर्ती सरकारले ल्याएको पत्रकार कल्याणकारी कोषको रकमलाई समेत घटाएकोप्रति आपत्ती जनाउदै उक्त महासंघले कोषको रकमलाई थप बृद्धि गर्न माग समेत गरेको छ ।

विज्ञप्तिमा लम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको ‘सञ्चार विधेयक’ तुरुन्त फिर्ता लिई संविधानको मर्म भावना र पूर्ण प्रेस स्वतन्त्रतालाई ग्यारेन्टी गर्न माग गरिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ४ : ५२ बजे

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

‘एमआरपी’ र ‘लेबल’ अनिवार्य गर्न निर्देशन

काठमाडौँ । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य