४ पुस २०८२, शुक्रबार | December 19, 2025

लुम्बिनी प्रदेश सरकारको बजेटमा व्यक्तिगत पहुँच र प्रभाव झल्क्यो : नेपाल पत्रकार महासंघ



बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७८/७९ को सञ्चार क्षेत्रका लागि छुटाइएको परिमार्जित बजेटमा व्यक्तिगत पहुँच र प्रभाव झल्केको भन्दै नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले आपत्ती प्रकट गरेको छ । महासंघको रुपन्देही शाखाले आज विज्ञप्ति प्रकाशित गर्दै सरकारले लोककल्याणकारी रुपमा बजेट बिनियोजन गर्नुपर्नेमा विभेद गरिएको आरोप लगाएको छ ।

बजेट विनियोजनको विषयमा नेपाल पत्रकार महासंघ रुपन्देहीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्तिमा विधि पद्धती र आर्थिक अनुशासन विपरित छुट्याइएको सञ्चार सम्वन्धी बजेटलाई तुरुन्त सच्याई प्रदेशभरिका सञ्चारमाध्यमले लाभ लिने गरि समानुपातिक रुपमा वितरण हुने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

‘सरकार अभिभावकीय भूूमिकामा हुनुपर्छ । तर, बजेट बिनियोजनमा व्यक्तिगत पहुँच र प्रभाव झल्केकाले यसलाई तुरुन्त सच्याउन जोडदार माग गर्दछौं । महासंघले भनेको छ,’ -‘सबै सञ्चारमाध्यमलाई समान रुपमा सम्बोधन हुने गरि बजेट बिनियोजन गर्नुपर्नेमा केही सञ्चारमाध्यमहरुलाई मात्रै तोकेरै बजेट विनियोजन गरिदा सरकारको अभिभावकीय भूूमिकामाथी प्रश्न उठेको छ ।’

पूूर्ववर्ती सरकारले ल्याएको पत्रकार कल्याणकारी कोषको रकमलाई समेत घटाएकोप्रति आपत्ती जनाउदै उक्त महासंघले कोषको रकमलाई थप बृद्धि गर्न माग समेत गरेको छ ।

विज्ञप्तिमा लम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको ‘सञ्चार विधेयक’ तुरुन्त फिर्ता लिई संविधानको मर्म भावना र पूर्ण प्रेस स्वतन्त्रतालाई ग्यारेन्टी गर्न माग गरिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ४ : ५२ बजे

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले