२४ मंसिर २०८२, बुधबार | December 11, 2025

एएफसी यू-२३ : इरानसँग नेपाल ४-० ले पराजित



काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो इराकसँग पराजित भएको छ । ताजकिस्तानको दुसन्बेमा भएको खेलमा नेपाल बलियो इरानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा इरानलाई रोकेको नेपालले दोस्रो हाफमा भने कमजोर प्रदर्शन गर्‍यो । फिफा वरीयतामा एसियाको शीर्षस्थानमा रहेको इरानले दोस्रो हाफमा ४७, ७७, ७९ र थपिएको तीन मिनेटमा लगातार गोल गर्‍यो ।

इरानको जीतमा हुसेनले २ गोल गरे । यस्तै, मेहदी र यासिनले १-१ गोल गरेका थिए । हुसेनले खेलको ७७ र ७९ मिनेटमा गोल गरे भने मेहदीले खेलको ४७ मिनेटमा गोल गर्दा यासिनको नाममा अन्तिम गोल रह्यो । बलियो इरानविरुद्ध नेपालले सुरुवाती क्षणबाट नै रक्षात्मक खेल खेलेको थियो ।

यसअघि पामिर स्टेडियममा पहिलो हाफको १७ मिनेटमा इरानका कप्तानले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा पहिलो खेल बराबरीमा सकिएको थियो ।

नेपालका डिफेण्डर अभिषेक लिम्बूले इरानका खेलाडीलाई बक्सभित्र लडाएपछि रेफ्रीले इरानलाई पेनाल्टी मौका दिएका थिए । प्रशिक्षक बालगोपाल महर्जनले इरानसँगको खेलमा नेपाली टोलीको कप्तानी तथा नेपाली पोष्ट अर्पण कार्कीलाई सम्हाल्ने जिम्मा दिएका थिए ।

अब, नेपालले आफ्नो दोस्रो खेलमा ११ गते ताजकिस्तानसँग खेल्नेछ । फिफा वरीयतामा ताजकिस्तान ११८ औँ स्थानमा रहेको छ । यस्तै, तेस्रो तथा अन्तिम खेलमा नेपालले लेवनानसँग १४ कात्तिकमा खेल्नेछ । समूह विजेता फाइनल चरणमा छनोट हुनेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : ४१ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल