६ श्रावण २०८३, बुधबार | July 23, 2026

शक्ति राष्ट्रहरू अहिलेको गठबन्धन भत्काउनेतर्फ लागेका छन् : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शक्ति राष्ट्रहरू अहिलेको गठबन्धन भत्काउनेतर्फ लागेको आरोप लगाएका छन् । चितवनको भरतपुरस्थित आफ्नै निवासमा नेकपा (माओवादी केन्द्र) भरतपुर– २६ दिव्यनगरले गरेको सम्मान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले शक्ति राष्ट्रहरूको दबाब अस्वीकार गर्ने आँट गठबन्धन सरकारसँग भएको दाबी गरे ।

उनले विदेशी शक्तिहरूमार्फत नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि ठूलो चुनौती देखिएको उल्लेख गर्दै राष्ट्रिय रूपमा अप्ठ्यारो परिवेश भए पनि यो गठबन्धनले लोकतन्त्र, गणतन्त्र बचाउन अहिलेको विदेशी हस्तक्षेपलाई परास्त गर्ने विश्वास व्यक्त गरे । यो गठबन्धनले लोकतन्त्र, गणतन्त्र बचाउन अहिलेको विदेशी हस्तक्षेपलाई परास्त गर्ने विश्वास मैले लिएको छु ।’ उनले भने ।

उनले पछिल्लो समय बुझीनबुझी संघीयता विरोधी र राजतन्त्रका पक्षमा भएका टीकाटिप्पणी समेत अर्थहीन भएको बताए । ‘दास व्यवस्थातर्फ हैन, वैज्ञानिक र उत्कृष्ट समाज विकासमा छलफल गर्न सकिन्छ । तर यसको विरोध आवश्यक छैन ।’ प्रदेश प्रमुख शेरचनले भने ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ९ : २५ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क