१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लायन्स क्लव अफ बुटवल मिलनको अध्यक्षमा खनाल निर्वाचित



बुटवल । लायन्स क्लव अफ बुटवल मिलनको अनलाईन प्रविधि मार्फत निर्वाचन सम्पन्न भएको छ ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको पुर्ण पालना गर्दै क्लवले अनलाईन प्रविधिलाई प्रयोग गर्दै निर्वाचन गरेको हो । अनलाईन प्रविधि मार्फत भएको निर्वाचनमा बर्ष २०२०/०२१ का लागि अध्यक्षमा कमल खनाल निर्वाचित भएका छन् ।

उहा युवा व्यवसाय हुनुहुन्छ । त्यस्तै उपाध्यक्षमा शारदा थापा, सचिवमा दिपक घिमिरे र कोषाध्यक्षमा सुरेन्दराज ज्ञवाली निर्वाचित हुनुभएको छ । बाँकी रिक्त पदमा लकडाउन खुल्ला भएपछि निर्वाचन गरिने बताइएको छ ।

लायन्स क्लव अफ बुटवल मिलनका एक्शटेन्सन चेयर पर्सन योगेश घिमिरे, संस्थापक अध्यक्ष गोपाल टण्डन, पुर्व अध्यक्षहरुको सहभागितामा क्लवले नयाँ नेतृत्वका लागि निर्वाचन गरेको थियो ।

सोही अवसरमै निर्वाचित अध्यक्ष कमल खनालले लायन्सले यस अघि गरेको सामाजिक कार्यहरुलाई निरन्तरता दिने बताउनुभयो । उहाले कोरोनाको यो महामारीको अवस्थामा विशेष कार्यक्रम समेत ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  १० : ३० बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो