२ कार्तिक २०८३, सोमबार | October 19, 2026

एमालेले ढाल्न नचाहेर वर्तमान सरकार टिकेको विष्णु पौडेलको दाबी



बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले चाहे १ हप्तामा वर्तमान सरकार ढाल्न सक्ने घोषणा गरिरहँदा एमालेकै उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमालेले चाहे वर्तमान सरकारलाई जतिसुकै बेला ढाल्न सक्ने दावी गरेका छन् । एमाले तिलोत्तमाको नगर अधिवेशनमा मंगलबार बोल्दै नेता पौडेलले पाँच दलीय गठबन्धन सरकारलाई पौडेलले तास र बालुुवाको घरको संज्ञा दिए ।

उनले तास र बालुकाको घर जस्तै वर्तमान गठबन्धन सरकार एमालेले जुनसुकै बेला ढाल्न सक्ने दाबी गरे । ‘एमालेले चाहेमा जतिसुकै बेला शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बदल्न सक्छौं । पौडेलले भने, ( तर, हाम्रो चाहना अहिले सरकार होइन । पार्टीको संगठन निर्माण हो । हाम्रो सम्पूर्ण तागत र क्षमता संगठन निर्माणमा केन्द्रित छ ।’

आफूहरु सिंहदरबारबाट केही महिनाका लागि मात्र बाहिरिएको उल्लेख गई निर्वाचन पछि एमालेलाई सत्तामा आउन कसैले रोक्न नसक्ने बताए । ‘हामी अहिले निर्वाचनमा केन्द्रित छौं । निर्वाचनपछि कसैले चाहेर पनि हल्लाउन नसक्ने एमालेको सरकार बन्छ । स्थानीय, प्रदेश र संघमा एमालेको एकल सरकार बन्छ ।’ पौडेलले भने ।

उनले एमाले विभाजन पूर्व भन्दा झनै शक्तिशाली भएको बताउँदै पार्टी विभाजनले एमालेमा कुनै क्षति नभएको स्पष्ट पारे । एमाले विरुद्ध भइरहेका सबै प्रयासलाई नाकाम तुल्याउने गरी लाग्न कार्यकतालाई निर्देशन दिए । नेता पौडेलले अधिवेशनबाट सर्वसम्मत रुपमा संशक्त टिम चयन गर्न पालिका अधिवेशनका प्रतिनिधिहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  २ : १८ बजे

सरकारी राँगोको मार हान्न पाँच लाख ५ हजार रूपैयाँ बोलकबोल

म्याग्दी । रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट