९ पुस २०८२, बुधबार | December 24, 2025

१५ न्यायाधीशको छलफलः प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडान कायमै



काठमाडौं । सर्वोच्च अदालतका १५ न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको छलफलमा पनि प्रधानन्यायनधीशले राजीनामा दिनुपर्ने अडान दोहोर्‍याएका छन् । छलफलका क्रममा प्रधान्यायनधीशले राजीनामा नदिने अडान लिएपछि थप छलफल गरेर उनीहरुले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुको विकल्प नरहेको अडान दोहोर्‍याएका हुन् ।

प्रधानन्यायाधीशमाथि प्रश्न उठिसकेकाले उनले राजीनामा नदिइ न्यायपालिका सञ्चालन गर्न सम्भव नरहेको उनीहरुको ठहर छ । आजको छलफलमा पनि न्यायाधीसहरुले राजीनामा नै अहिलेको समस्याको निकासको उपयुक्त विकल्प भएको निष्कर्श निकालेका छन् ।

सोमबारको निर्णय अनुसार न्यायाधीशहरूसँग करिब ४५ मिनेट छलफलका क्रममा क्रममा प्रधानन्यायाधीश जबराले न्यायालय सडकको दबाबमा नचल्ने बताउँदै सबैलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका थिए ।

न्यायाधीशहरुसँगको बैठकमा जवराले आफु संविधान अनुसार नियुक्त भएकाले संविधान अनुसार नै बहिर्गमन हुने अडान सुनाएका थिए । ‘मेरो नियुक्ति संविधानअनुसार भएको हो । मेरो बहिर्गमन पनि संविधान बमोजिम नै हुन्छ । जबराको भनाइ उद्धृत गर्दै सवोच्चका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए । प्रश्न उठेका जती सबै न्यायाधीशहरुले राजीनामा दिने भए आफु पनि राजीनामा दिन तयार हुने बैठकमा जवराले बताएका थिए ।

न्यायाधीशहरुको बैठकले बुधबार बिहान साढे ११ बजेका लागि अर्को बैठक बोलाएका छन् ।

सोमबारसम्म १४ जना न्यायाधीश रहेकोमा मंगलबार न्यायाधीश कुमार चुँडाल थप भएका हुन् । प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ नगर्ने उनीहरूबीच आन्तरिक सहमति भएको छ ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ३ : २० बजे

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका

सरकारी भुक्तानी नआए माघ १ देखि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा निःशुल्क डायलाइसिस र मुटु उपचार बन्द हुने

बुटवल । बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट भुक्तानी