१७ बैशाख २०८१, सोमबार | April 29, 2024

स्थापना दिवसमा मानव सेवा आश्रमलाई तरुण दलले दियो खाद्यान्न



बुटवल । नेपाल तरुण दल बुटवल उपमहानगर समितीले ६८ औं स्थापना दिवसको अवसरमा खाद्यान्न वितरण गरेको छ । बुटवल-८ सुख्खानगरमा अवस्थि मानव सेवा अनाथ आश्रममा विहिबार खाद्यान्न वितरण गरेको हो ।

दरुण दलले १७ बोरा चामल एक बोरा दाल, २ कार्टुन खाने तेल तथा १ सय ४० जोर चप्पल समेत वितरण गरेको तरुण दल बुटवलका अध्यक्ष सुजन पुनले जानकारी दिए ।

काँग्रेस रुपन्देहीका उपसभापती फणीन्द्र शर्माले युवाहरुलाई सामाजिक काममा अग्रसर गराउँदै राजनीतिक चेतना र युवाहरुलाई गोलबन्द गराउन जोड दिए ।

युवाहरु स्वरोजागर हुँदै सामाजिक विकृति विरुद्ध लाग्न आग्रह गरे । नेता युवराज गिरीले स्थापना दिवसमा अनाथ आश्रममा खाद्यान वितरण गर्नु सकारात्मक भएको उल्लेख गर्दै समाज सुधारका काममा महत्वपूर्ण भूमिका खेल्न युवाहरुलाई आग्रह गरे ।

कार्यक्रममा नगर सभापति खेलराज पाण्डेय, तरुणदलका पुर्व केन्द्रीय सदस्य चिरन्जिबी जोसी, बासु बस्याल, महेशमान सिंह, काजीमान श्रेष्ठ, हसन्त लामा, ज्योती भन्डारी, प्रजापाल गीरी, रमेश शाही लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ३ : २९ बजे

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना