१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

पहिरोले अवरुद्ध बेसीसहर-चामे सडक सूचारु



लमजुङ । बेमौसमी वर्षापछिको पहिरोले अवरुद्ध बेसीसहर-चामे सडक सूचारु भएको छ । २ कात्तिकमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियोे ।

तिमाङ झरनामा पुल निर्माण भएपछि मनाङभर सडक सुचारु भएको छ । तिमाङ झरनाको पुल मर्मत सम्पन्न भएसँगै बेसीसहर-चामे-खाङसार सडक पूर्णरूपमा सुचारू भएको जिल्ला प्रसाशन कार्यालय मनाङले जनाएको छ ।

बाढीपहिरोले क्षति पुर्‍याएको ठाउँमा मर्मत गर्नुका साथै खोला तथा खोल्सीमा अस्थायी काठेपुल निर्माण गरी आउजाउलाई सहज बनाएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए । उनका अनुसार जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधिले बाटो खुलाउन भूमिका निर्वाह गरेका थिए । प्रजिअ आचार्यका अनुसार भ्राताङभीर साथै भ्राताङ र तलेखुबीचको सडकमा विस्फोटक पदार्थ प्रयोग गरी सडक मर्मत गरिएको थियो ।

अहिले माथिल्लो मनाङमा नेपालको जुनसुकै ठाउँबाट सीधै आउन सकिन्छ । बाढीपहिरोले चामे गाउँपालिकाको कोतो नजिकैको भीर, थान्चोक र तिमाङबीचको खोला, स्याल्क्युखोलाको अस्थायी काठे पुल, तिमाङखोला, बगरछाप एक्लेभट्टि, खोत्रो, निगालाघारी लगाायत १२ ठाउँमा क्षति पुर्‍याएको थियो ।

सडक मर्मत गरिएपछि बेसीसहरदेखि मनाङ जाने सडक खुलेको डुम्रे-बेसीसहर-चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तले बताए । ६५ किलोमिटरको बेसीसहर–चामे सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ७ : ४४ बजे

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर

ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

इलाम । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा