८ मंसिर २०८३, मंगलबार | November 24, 2026

दशौँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि, औपचारिक उद्घाटन मंसिर १६ मा



सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा आजदेखि सुरु हुँदैछन् । प्रतियोगिताअन्तर्गत पुरुष फुटबलका खेलबाट प्रतिस्पर्धा सुरु हुन लागेको हो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालका अनुसार आज दिउँसो १ बजे वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा पुरुष फुटबल प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र आयोजक कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्ले खेलाडी तथा सहभागी टोलीको आवास व्यवस्थापनलगायतका चुनौतीलाई मध्यनजर गर्दै केही खेल निर्धारित मितिभन्दा अगाडि नै सञ्चालन गर्ने निर्णय गरेपछि औपचारिक उद्घाटनअघि नै प्रतिस्पर्धा सुरु हुन लागेको हो ।

प्रतियोगिताको औपचारिक उद्घाटन भने मंसिर १६ गते हुनेछ । मंसिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न खेल विधामा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि सोमबार कर्णाली प्रदेशले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई औपचारिक रूपमा स्वागत गरेको थियो । बाजागाजा, खेलाडी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा सुर्खेतमा बृहत् र्‍याली निकालेर प्रतियोगिताको स्वागत गरिएको थियो ।

कर्णाली प्रदेशले पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताले प्रदेशको खेलकुद विकाससँगै खेल पर्यटन र स्थानीय गतिविधिलाई समेत गति दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ८ : २५ बजे

Your email address will not be published.

एसिया कप राइजिङ स्टार्स : नेपालले आज पाकिस्तान ‘ए’सँग खेल्दै

काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले

दशौँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि, औपचारिक उद्घाटन मंसिर १६ मा

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय

ताप्लेजुङको ओलाङचुङगोलामा ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । ताप्लेजुङमा मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय

नारायणघाट-बुटवल सडकखण्डमा दुबो रोपिँदै

नवलपुर । चार लेनमा विस्तार सम्पन्न भएको नारायणघाट-बुटवल सडकको बीचमा

प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक, द्विपक्षीय सहकार्यमा नयाँ आयाम थपियो : मन्त्री खनाल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत राजकीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई